बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लघुकथा - हाम्रो समाज

लघुकथा - हाम्रो समाज

मेगा खबर संवाददाता

२८, भाद्र २०८१
  • 820
    SHARES

  • लघुकथा - हाम्रो समाज

    सुरेशकुमार पाण्डे

    " होइन ललाईफकाई गरी आर्को जात सँग हाम्रो बहिनालाई पोइल लगाइदिने तिमी कोहौ ? "- नारादले रवी सँग न्यू खोज्यो ।
    " हेर बाबु मैले पोइल लगाएको होइन बरू उनि आफै आएको मलाई आजै जानकारी भएको हो । तिमीले मलाई किन नभएको आरोप लगाउँछौ ।"- रवीले सफाइमा भने ।
    " उसले चिन्नु जान्नु छैन तिमीले नलगाएको भए ऊ आउँनै सक्दैनथी । हो नहो यसमा तिम्रै हात छ ।"- नाराद उसैमाथी खिनियो ।
    अब हामिले आफ्नो बहिनीलाई चोखाएर लान्छौँ । पण्डितजी लाई साथमै लिएर आएका छौँ । "- नारादले थप्यो ।
    " देख बाबु म उमेरमा पनि जिनो छु तिमिहरू भन्दा आवेसमा आएर यी दुबैजनाको घर नबिगार यि दुबैजनाले मन लगाएर बिवाह गरेका होलान् । अचेल सबै जात बराबरनै हो । क्षेत्री बाहुनमा खासै फरक पनि छैन् ।"- रवीले सम्झाउँन खोजे ।
    " हेर मैले पहिल्यै भनेको थिए नी एही बुढाले गराएको हो यो बिवाह ।"- पण्डित बोल्यो ।
    " फाल्टु कुरा गर्नुपर्दैन बुढा ।हामिले यो घरमा आफ्नो बहिनीलाई एकछिन पनि बसाल्दैनौँ । पण्डितजी सुरू गर्नु मन्त्र ।" -नारादले रवीलाई हकार्दै बाहुनलाई चोखाउँने आग्ह्रा  गर्यो ।
    एकछिन पुस्तक पढ्यो र धुप बत्ती बाल्यो। "  अब चोखीभई । पबित्र कन्यालाई अपहरण गर्ने अभियोगमा यमलाल र रवी माथि मुकद्मा चलाउँनुपर्छ ।"- बाहुनले भन्यो ।
    " वाह अरे हाम्रो समाज गर जसले जे गर्न सक्छौँ । मनपरि तन्त्र "- रवीले मनैमन भन्यो ।

    दाङ घोराही १८

    शुक्रवार, भाद्र २८ २०८११२:२७:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार