बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लघुकथा : लाप्रवाही

लघुकथा : लाप्रवाही

मेगा खबर संवाददाता

२६, भाद्र २०८१
  • 880
    SHARES

  • लघुकथा : लाप्रवाही

    सुरेशकुमार पाण्डे 

    " किन हो माइल दाई अस्पत्तालमा ! केभयो हजुरलाई ? " - दिनेश आश्चार्य हुँदै सोध्यो ।
    " मलाई केही भएको छैन तर लिखुरी बिमार भइन् ।"- टोपारामले बताए ।
    " होर अंस्तिको दिन त ठिकै हुनुहुन्थ्यो भाउजु । के भयो र उहाँलाई ?"- दिनेशले जान्न खोज्यो ।
    " अचेल मानिसलाई बिमार हुन समय लाग्छ र भाई ? एकैछिनमा केहुन्छ के पत्तै लाग्दैन् । रोग र कालले म आउँछु भनेर सोधेर आउँदैनन् क्यारे ।"- टोपारामले भने ।
    " हो दाजु त्यो त कुनवेला केहुन्छ केही भन्न सकिदैन । तर कसरी हुनुभयो  भाउजु अस्वास्थ ?
    " अंस्तिकै दिन माइतीमा गएकी प्रेसरको औषधी लान भुलिछन्।
    अनि त्यसमाथि दर खाने कार्यक्रममा पनि मदिरा र मासुको परिकार रहिछ । माइतीमा आएका दिदी बहिनीहरूलाई दिएपछि नाइ भन्नै नसकिने। "- उसले स्वास्निको बाध्यता बतायो ।
    " ओहो ! अनि केभयो प्रेसर बढ्यो की ?"- दिनेशले प्रश्न गर्यो ।
    " हो भाई प्रेसरले अर्धङ्ग निम्ताएछ । नाक मुख बाङ्गो भएको छ । डाक्टरले हिंजो देखि अहिले सम्म एक लाख पुराई सक्यो ।"- उनि निराश हुँदै भने ।
    " अनि केछ अबस्था फरक छ अहिले ?"-दिनेशले सोध्यो ।
    "केको फरक हुँने भाई "- टोपारामले एउटा कागज थमाउँदै भने ।
    " ओहो अबस्था त चिन्ताजनक रहिछ।तर यसलाई एकासी आएको त भन्नै मिल्दैन । थोरै त लापर्वाही पनि हो ।"-दिनेशले भन्यो ।
    " होनी भाई औषधी साथैमा राख्ने र मदिरा नपिएको भए साहिद् यस्तो हुनेथिएन ।"- टोपारामले गलती स्विकार गरे ।

    " चिन्ता नलिनुहोस् दाजु राम्रो ठाउँमा रेफर गरेको रहिछ।छिट्टै लिएर जानोस् ,कुनै समस्या परे फोन नम्वर छ हजुर सँगै । "- दिनेशले सान्तवाना र सचेत गर्दै हिंड्यो ।

    दाङ घोराही १८

    बुधवार, भाद्र २६ २०८१०६:४८:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार