बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लघुकथा: भ्रष्टाचार

लघुकथा: भ्रष्टाचार

मेगा खबर संवाददाता

२४, भाद्र २०८१
  • 844
    SHARES

  • लघुकथा:  भ्रष्टाचार

    सुरेशकुमार पाण्डे

    " यो देशमा भ्रष्टाचार नहुने कुनै ठाउँ छैन् । "- बिनिरामले चियाको चुस्की लिंदै भने ।
    " त्यही त भन्छु यो तिज पर्वको वेला सुन चाँदी पसलमा पनि महंगो हुन्छ। पछि गए हुन्छ नी किन आजै जानु पर्यो र दाई ।"- चिया पसले रामुले भने ।
    " होइन आज भाउ अलि न्रम छ भन्छन् तर बजारमा भिड छ ।"- बिनिरामले भने ।
    " भाउ घटेको भए त भिड हुनेनै भयो ।"- रामुले भने।
    "सुनमा पितल मिलाएर भाउ घटाएको होकी ?"- बिनिरामले सङ्का व्यक्त गरे ।
    " त्यो त मिलावट गरेको पत्ता लागि हाल्छ । बरू दुधमा पानी मिसाएको हामिलाई बिना सेम्पल पत्ता लगाउँन कठिन हुन्छ । "- रामुले भने ।
    " हजुरहरूको चिया पसलमा मिलावट गर्नसक्ने केही हुन्छ भाई ?"- बिनिराम खिसिक्क हाँस्दै भने । 
    " केही पनि छैन । पानीमा चीयापत्ती राख्नै पर्यो,दुध पनि राख्नै पर्यो,अंझ कहिले अदुवा,सुखमेल राख्ने माग गर्छन् ।" -रामुले प्रष्ट पारे ।
    " बरू हजुरहरूको पर्चुनको दोकानमा मिलावट हुन्छ भन्छन् नी ।"- रामुले थप प्रश्न राख्यो ।
    " खै हुँदोहोला तर म आफै भ्रष्टाचार बिरोधी भएकोले केही मिलावट गर्दिन ।"- बिनिरामले सफाइ दिए ।
    " कुरा गर्दागर्दै सम्झें अहिले हजुर दोकानमा जानुहुन्छ र दाई ?"- रामुले सोध्यो ।
    "एकछिन पछि जान्छु ।"- बिनिरामले भने ।
    " त्यसो भए अलिबेर पछि छोरालाई पठाइदिन्छु दश केजी चीनि पठाइदिनुहोला है ।"- रामुले भन्यो ।
    " बिनिराम सिधै दोकानमा फर्किए।एकछिन पछि रामुले छोरालाई दोकानमा पठाए ।
    " आदा केजीको चुम्वक बिनिरामले तराजुको पिंदमा चप्काए र चिनी जोखे ।

    दाङ घोराही १८

    सोमवार, भाद्र २४ २०८१११:४९:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार