सुरेशकुमार पाण्डे
"हजुर यो जेलमा कसोगरी पुग्नुभयो बहिनी ?"- पेमलाल आश्चार्यहुँदै विनालाई सोधे ।
विनाको बोली नै फुटेन ऊ भक्कानिई । उसका आँखाबाट अबिरल आँशु बगिरह्यो ।
" मसँग केहि नलुकाएर भन्,मबाट केहि सहयोग हुनसके गरौँला ।"- पेमलालले आस्वासन दिए ।
उनि त्यो जेलमा चिया पसलको ठेक्का लिएका थिए ।
केही दिन देखि विना सँग उन्को चिया दिनजाने क्रममा चिनजान भयो ।
" के भनौँ आफ्नै वुद्धी नभए पछि दुःख पाइन्छ । दुई वर्ष पहिले फेशबुकमा अनलाइन प्रेमको नतिजा हो । किशन नामक व्याक्ति सँग मेरो चिनजान भयो बिस्तारै हाम्रो बिचमा प्रेम बस्यो । ऊ क्षेत्री र म दलित भएकोले हाम्रो बिच मागि बिहे हुने सम्भावना थिएन ।
अनि भागि बिवाह गरौँ भनेर किशनले आफैले प्रस्ताव राख्यो ।
मैले नाई भन्न सकिन । " - ऊ फेरी रूनथालि ।
" बिवाह भयो त ? अनि खैत किशन ?"- प्रेमले सोध्यो ।
" हामि भागेर दील्ली आयौँ र एउटा कुनै स्थानिय व्यक्तिको घरमा भाडाको कोठा लिएर बसेका थियौँ ।
दिनाचार पछि किशनले समान लिएर आउँछु भन्यो र बाजार गयो तर ऊ फर्किएन । उसको कतै अत्तोपत्तो लागेन ।
घरको मालिकले तँलाई तेरो लोग्नेले बेचेर गयो भन्यो।त्यो सुनेपछि म छाँगाबाट खसेको जस्तै भँए ।त्यो सँग केही बोलिन र मौका हेरेर त्यहाँबाट भाँगे अनि एउटा चौरमा पुँगेछु । रात झमक्कै पर्यो । कतै जाने ठाउँ थिएन् । त्यही चौरको एउटा बेञ्चमा बसेकी थिएं प्रहरीले व्यस्यावृती गर्छेस भन्दै जीपमा बसाल्यो ।"- उसले सबै कुरा नलुकाएर भनि ।
" अब हजुरको घर जाने मन छ की के गर्नुहुन्छ यहाँबाट निस्केपछि । किशनको घर देख्नु भाको छ ?"- प्रेमले सोधे ।
"नाई देखेकी छैन ।"
" अनि माइतिमा जानुहुन्छ त ? प्रेमले सोध्यो ।
" अहिले सम्म माइतीको धेरै बद्नाम भैसकेको होला म फर्किए पछि थप समस्या बढ्न सक्छ । सामन्य अवस्थाको मौका हेर्नुपर्छ ।
यहाँबाट छुटेपछि सानोतिनो काम गर्छु र किशनको घर पत्ता लगाउँछु ताकी अरू मजस्ता केटीहरूको भविश्य खराब नहौस् । किशनको खिलाफ कानुनी कार्वाही गर्छु ।अब मेरो उदेश्य न्याय युद्धको हुनेछ । "- विनाले भनी ।
दाङ घोराही १८
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।