सुरेशकुमार पाण्डे
" बाबु हरू कहाँ जान थालेको?"- मैले अटो रिक्सामा गुडेपछि तीनैजनता तिर हेर्दै सोधें ।
"इण्डिया ।"- उनि मध्यको एकले सटिकमा भन्यो ।
तिमीहरू साथि हो तिनैजना ? मैले सोधे ।
"हजुर हो ।"- उसले भन्यो ।
" ए ए । स्कुलको छुट्टी होला अचेल ? - मैले प्रश्न राखें ।
उनिहरू मेरो कुराको उत्तर दिएनन्। अनुमानित बाह्र देखि पन्द्र वर्ष विचका तीन जना नाबालिकहरू सँगै एउटै रिक्सामा सवार थिएं । म पनि भारत हिंडेको जमुनिहाँका लागि अटो रिक्सामा बसेका थियौँ ।
" स्कुल जाँदानौँ तिमीहरू?"- मैले फेरी कुरा दौराएं ।
" नाई जाँदैनौँ"- उसैले उत्तर दियो ।
जो उनिहरू तिनैजना मध्यको ठुलो थियो । अरू दुई जना बोलेका थिएनन् । तर आपसमा चलाचल र मोबाइल खोसाखोस भने गरिरहन्थे ।
" अनि इण्डिया के गर्न जाँदै छौ त घुम्न ?मैले बुझ्न खोजेँ ।"-
" होइन हामिले नोकरी गर्छौँ दिल्लीमा "- उसैले उत्तर दियो ।
" ए ए । होर ? केमा काम गर्छौँ ?"-मैले सोधें ।
" म होटेलमा सेकेन्ड कुक हो ,त्यो मसाल्ची हो । अनि त्यो भाइलाई अहिले लिएर आएका छौं हेल्परमा राख्छ की ! "
" उसले सबैको बारेमा जानकारी गरायो ।
"अनि तिमीहरूका बाबा आमाले के गर्नुहुन्छ त ?
बाबा त मेरा सानैमा मर्नु भयो । आमाले खेति किसानी गर्छिन् । उस्को आमाले पनि गाउँमा निमेक गर्छिन् बाबा लाहुर आए देखि फिर्ता न गएको घर ।
त्यो भाईको भने बाबाले दुइटी बिवहा गरेर कान्छी सँगै बसेकाछन्।"-उसले सबैको बारेमा इसारा गर्दै खुलस्त बतायो ।
" बाल मजदुर भारतमा पनि बन्देज छ भनेको होइन र ?"- मैले सोंधे ।
"खै त ! मत झन् दश वर्षमै गएको अहिले त त्यही होटेलमा सेकेण्ड कुक बनेको छु ।"- उसले भन्यो।
" वाह मेरो देशले साँच्चै भन्दा विक्रिती र मज्दुर जन्माउँछ ।"- मैले विस्तारै भने ।
" उनि तिनैजनाले नसुने पनि सुनेको झैं गरे र खिसिक्क हाँस्दै हामि बिदा भयौँ ।"
दाङ घोराही १८
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।