बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

त्रिभुवन विश्वविद्यालयले माग्यो क्याम्पस प्रमुखका लागि आवेदन

त्रिभुवन विश्वविद्यालयले माग्यो क्याम्पस प्रमुखका लागि आवेदन

मेगा खबर संवाददाता

१७, भाद्र २०८१
  • 769
    SHARES

  • त्रिभुवन विश्वविद्यालयले माग्यो क्याम्पस प्रमुखका लागि आवेदन

    काठमाडौँ, त्रिभुवन विश्वविद्यालयले विभिन्न क्याम्पसको क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ ।

    त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय क्याम्पस प्रमुख छनौट समितिले एक सूचना जारी गर्दै आवेदन माग गरेको हो । काठमाडौँ उपत्यकाका तीन क्याम्पससहित देशभरका ११ वटा आङ्गिक क्याम्पसको प्रमुख नियुक्तिका लागि आवेदन माग गरेको हो ।

    जसमा उपत्यकाका रत्नराज्यलक्ष्मी क्याम्पस,विश्वभाषा क्याम्पस,पाटन संयुक्त क्याम्पससँगै सिराहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस,जनकपुरको रामस्वरुप रामसागर क्याम्पस,पोखराको पृथ्वीनारायण क्याम्पस,बुटवलको बुटवल बहुमुखी क्याम्पस,पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस सुर्खेतको सुर्खेत क्याम्पस (शिक्षा),जुम्लाको जुम्ला क्याम्पस र डोटीको डोटी बहुमुखी क्याम्पसको प्रमुख नियुक्तिका लागि आवेदन माग गरिएको हो ।

     

    सोमवार, भाद्र १७ २०८११२:५९:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार