बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लघुकथा : बाछिटा 

लघुकथा : बाछिटा 

मेगा खबर संवाददाता

१७, भाद्र २०८१
  • 787
    SHARES

  • लघुकथा : बाछिटा 

    सुरेशकुमार पाण्डे 

    " बाबु हो !  तिमीहरू पाठशाला पढ्न आएका हौ वा यो खोपि खेल्न ?"- विक्रमले केही विध्यार्थिहरू खोपि खेलेको देख्यो र भन्यो ।
    केटाहरूले सुनेको नसुनेई गरे ।
    " किन हो तिमीहरूलाई लाज पनि लाग्दैन की क्या हो ? तिमीहरूका बाबा आमालाई भनिदेंउ कि ?  वा सरहरूलाई भनौं ?"- विक्रमले हकार्दै भन्यो ।
    केही केटाहरू खेल्न छाडेर आ -आफ्नो बैग उठाउंनथाले।तर तीन जना विध्यार्थि अहिलेपनि निर्धक्क खेलिरहेका थिए ।
    उनिहरूको व्यवहार देखेर विक्रम लजायो पनि र आक्रोशित भयो । तर अर्काका छोराहरूलाई के भन्नसक्थ्यो।बिना कामैको दुश्मनि आफ्नो उप्र लिनु भन्दा विक्रम त्यहांबाट हिंड्यो ।
    बाटोमा त्यहांबाट झोला उठाएर हिंडेका मध्य आपसमा गफ गरिरहेका थिए ।
    " विक्रम अंकल हामिलाई त हकार्छन् । तर उन्ले नरेलाई भने सम्झाउंनसक्दैनन् ।" एकजनाले भन्यो । आफ्ना छोरा छोरी जस्ता भएपनि अब्बल देखिन्छन् तर अर्काको राम्रो भएपनि नराम्रो ।"- आर्कोले भन्यो ।
    " आफ्नो पिठ्युंको मयल कसैले देख्दैनन् तर आर्कोको अनुहार कालो सबैले भन्छन् ।"- तेश्रोले भन्यो ।
    विक्रमले आफ्नो छोराको बारेमा उनिहरूको मुखबाट सुनेका कुराले भित्र चसक्क भयो ।
    " नरे नढांटेर भन त छोरा तिमीले खोपी खेल्छौ ? " घर पुगेर आफ्नो छोरा संग सोध्यो ।
    " बाबा ! हजुरले यस्तो कुरा आज अचानक किन सोध्नुभयो ?"- नरेले प्रतिप्रश्न गर्यो ।
    विक्रमले दिउसोको सबैकुरा जस्ताको तस्तै कसैको नाम नभनेर बतायो ।
    " बाबा हजुरले नभनेपनि उनिहरूलाई मैले चिनिहाले।हजुरले उनिहरूलाई हकारेपछि उनिहरूले हाम्रो घरमा झग्डा गराउंन खोजे ।"- 
    नरेले सबैको नामसहित स्पस्टिकरण दियो ।
    दाङ घोराही १८

    सोमवार, भाद्र १७ २०८१११:०२:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार