बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

के शारीरिक सम्बन्ध राख्दा ‘एमपक्स’ सर्छ ?

के शारीरिक सम्बन्ध राख्दा ‘एमपक्स’ सर्छ ?

मेगा खबर संवाददाता

६, भाद्र २०८१
  • 817
    SHARES

  • के शारीरिक सम्बन्ध राख्दा ‘एमपक्स’ सर्छ ?

    काठमाडौँ, नेपाल ‘एमपक्स’ (मंकीपक्स) सङ्क्रमणको जोखिममा रहेको विज्ञहरूले बताएका छन् । ‘एमपक्स’ विश्वभर फैलिँदै गर्दा समलिंगिमा बढी देखिएको अध्ययनले देखाएको छ । यौनजन्य क्रियाकलापमा सक्रिय हुने व्यक्तिलाई बढी मात्रमा ‘एमपक्स’ संक्रमण भएको पाइएको सङ्क्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनले बताए ।

    ‘एमपक्स’ सङ्क्रमित व्यक्तिसँग शरीरिक सम्बन्ध राख्दामात्रै नभई हातले छुँदा,एउटै ओछ्यान प्रयोग गर्दा,अङ्कमाल गर्दा,चुम्बन गर्दा,सङ्क्रमित व्यक्तिले बोल्दा निस्कने छिटाहरूबाट पनि सर्न सक्ने डा.पुनले बताए । डा.पुनका अनुसार ‘एमपक्स’ गराउने भाइरस शरीरको घाउ,श्वासनली,आँखा,मुख,नाक लगायतका भागबाट शरीरमा प्रवेश गर्न सक्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले वैदेशिक रोजगारबाट फर्केका व्यक्तिसँग करिब २१ दिनसम्म शारीरिक सम्बन्ध राख्न नहुने बताएका छन् ।

    उनले २१ दिनसम्म आइसोलेशनमा बस्न पनि आग्रह गरेका छन् । ‘विदेशबाट फर्केकालाई घर भित्र छुट्टै राख्ने, बोल्दा माक्स लगाउन पर्‍यो,उनले भनेका छन् ।

     

    बिहिवार, भाद्र ६ २०८१०१:३५:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार