बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

नेपाल पनि मंकिपक्स संक्रमणको जोखिममा छः स्वास्थ्य मन्त्रालय

नेपाल पनि मंकिपक्स संक्रमणको जोखिममा छः स्वास्थ्य मन्त्रालय

मेगा खबर संवाददाता

४, भाद्र २०८१
  • 739
    SHARES

  • नेपाल पनि मंकिपक्स संक्रमणको जोखिममा छः  स्वास्थ्य मन्त्रालय

    काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंकिपक्स संक्रमणको जोखिममा नेपाल पनि रहेको जनाएको छ।

    मंकिपक्स भाइरसको संक्रमण छिमेकी देश भारतमा द्रूत रुपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए । नेपालमा अघिल्लो वर्ष एक जना विदेशी ६० वर्षीया महिलामा मंकिपक्स संक्रमण देखिएकाले पनि नेपाल मंकिपक्स संक्रमणको जोखिम नरहेको भन्न सकिदैन,उनले भने,प्रवक्ता बुढाथोकीले मंकिपक्सको पूर्वतयारीबारे मन्त्रालयले विषय विज्ञसँग सुझाव लिइसकेको पनि बताए ।

    मन्त्रालयले हवाई तथा सीमा नाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न संघ,प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको प्रवक्ता डा.बुढाथोकीले जानकारी दिए । उनका अनुसार मन्त्रालयले सातवटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको छ । केही दिनयता अफ्रिकी मुलुक कङ्गोमा मंकिपक्स भाइरसको घातक प्रजाती ‘क्लेड १ वी’ फैलिरहेको छ । मन्त्रालयका अनुसार जनवरी यतामात्र उक्त भाइरसका कारण ५४८ जनाको मृत्यु भइसकेको छ ।

     

    मंगलवार, भाद्र ४ २०८१०६:५१:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार