बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

टेलिकमको आम्दानी खस्कियो

टेलिकमको आम्दानी खस्कियो

मेगा खबर संवाददाता

३२, श्रावण २०८१
  • 1.4K
    SHARES

  • टेलिकमको आम्दानी खस्कियो

    काठमाडौँ, साउन ३२ गते, सरकारी स्वामित्वको नेपाल टेलिकमको वित्तीय अवस्था खस्कँदो छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार एकै वर्षमा कम्पनीको आम्दानी करिब तीन अर्ब रुपियाँले घटेको छ ।

    विवरण अनुसार गत आवमा कम्पनीले ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार कुल आम्दानी गरेको छ । त्यसअघि आव २०७९८० मा भने कम्पनीले ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजार कुल आम्दानी गरेको थियो । यस हिसाबले एक वर्षकै अवधिमा कम्पनीको कुल आम्दानीमा दुई अर्ब ८० करोड रुपियाँले कमी आएको छ । 

    कम्पनीको सञ्चालन आय पनि घटेर ३४ अर्ब ४६ करोड रुपियाँ पुगेको छ । त्यसअघि कम्पनीको यस्तो आय ३६ अर्ब २७ करोड रुपियाँ थियो । आम्दानी घटेसँगै त्यसको प्रत्यक्ष असर कम्पनीको मुनाफामा देखिएको छ । गत आवमा कम्पनीको खुद नाफा नै एक अर्ब ३० करोड रुपियाँले घटेको छ । विवरण अनुसार कम्पनीले गत आवमा छ अर्ब ६१ करोड ७७ लाख रुपियाँ मुनाफा आर्जन गरेको छ जबकि त्यसअघि कम्पननीको खुद नाफा सात अर्ब ९२ करोड रुपियाँ थियो । 

    कर भुक्तानअघिको कम्पनीको मुनाफा भने ११ अर्ब ६७ करोड ९८ लाख रुपियाँ छ । त्यसअघि कम्पनीले यस्तो नाफा ११ अर्ब ८४ करोड २५ लाख रुपियाँ गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३६.७७ रुपियाँ पुगेको छ ।

     

    शुक्रवार, श्रावण ३२ २०८१०६:३१:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार