एजेन्सी। लीबियामा सातजना भारतीय नागरिकको अपहरण भएको छ। अपहरणमा परेका भारतीय नागरिकहरु भारतको आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। यी सबै लीबियामा कंस्ट्रक्शन र तेल सप्लाई गर्ने कम्पनीमा काम गर्दै आएको बताइएको छ।
उनीहरु भारत फर्किन त्रिपोली जाँदै गर्दा लीबियाको अश्वेरिफ भन्ने स्थानबाट अपहरणमा परेको जनाइएको छ।
भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘ट्यूनिशियास्थित हाम्रो दूतावासले यो विषयमा लगातार काम गरिरहेको छ। दूतावासले लीबिया सरकारसँग सम्पर्क गरिरहेको छ। अन्य अन्तर्राष्ट्रिय संस्थाहरु पनि अपहरणमा परेकाहरुको उद्धारका लागि सक्रिए भएका छन्।’
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।