सुरेशकुमार पाण्डे
" रामु ! अचेल स्कुलमा किन आउँनछाड्यौ त ?"- मास्टर प्रेमलाले रामुलाई बाटोमा बसेको देखेर सोधे ।
धेरै दिन देखि रामु स्कुलमा गएको थिएन । आज अचानक प्रेमलाल सँग जम्काभेट भयो ।
" नमस्ते माड्साव ! "- रामुले हातमा उचालेको लाठी भुइँमा राखेर हात जोड्यो ।
" नमस्ते बाबु । तिमी स्कुल न आएको धेरै दिनभयो किन आउँन छाड्यौ त?"-मास्टर प्रेमले नमस्तेको जवाफ सँगै उही कुरा दोराए ।
" पढाईगर्न छाडिदिएँ ! अब आउँदैन ।"- उसको अनुहार अंध्यारो भयो ।
" आज ग्वाला आएका हौ ?"- मास्टर प्रेमले प्रसङ्ग बदल्दै सोधे ।
" जी !"- सटिकमा भन्यो ।
" कति गाइ भैंसी पालेका छौ तिमीहरूले ?"- मास्टरले बुझ्न खोजे । "सर हाम्रो त एउटा पनि छैन । यी गाई भैँशी त ठुला घरे साहुजीका हुँन । म उँहाको घरमा ग्वाला बसेको छु ।"- रामुले प्रष्ट पार्यो ।
" किन तिम्रो त बाबा विदेशमा हुनुहुन्छ । अनि राम्रो अबस्था थियो । यो दुइ महिना भित्रमा यस्तो के परिवर्तन भयो ? पाँच पास गरेपछि तिमीलाई पढाई नै छाडेर ग्वाला लाग्नु पर्यो ?"- मास्टर प्रेमले आश्चार्य प्रकट गरे ।
" केभनौँ सर! बाबा कुनै कारण विदेश जेलमा पर्नुभयो भन्ने सुनेपछि आमा ।।!"- बोल्दा बोल्दै रोकियो । भाभुुक भयो र बोल्न सकिन । मास्टर प्रेमले सानै देखि चिनेको पढाएको एउटा उत्कृष्ट विध्यार्थि मध्यको रामुपनि हो ।उन्लाई पनि दया जाग्यो ।
" नरोउ बाबु ! भन सबै कुरा मन हलुको हुन्छ ।आमालाई केभयो त ?"- उन्ले फेरी बुझ्न खोजे ।
" बाबा जेल परेको सुनेपछि आमा आर्कै सँग हिंड्नु भयो । घरमा एउटी ममुनि की सानि बहिनी छ । त्यसैलाई पढाउँन म ग्वाला बसेको छुँ । "- रामुले रूँदै भन्यो ।
दाङ घोराही १८
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।