बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

अफगानिस्तानमा रहेका अमेरिकी सेना क्रिसिमस पहिले फर्किनुपर्छः डोनाल्ड ट्रम्प

अफगानिस्तानमा रहेका अमेरिकी सेना क्रिसिमस पहिले फर्किनुपर्छः डोनाल्ड ट्रम्प

मेगा खबर संवाददाता

२२, आश्विन २०७७
  • 3.0K
    SHARES

  • अफगानिस्तानमा रहेका अमेरिकी सेना क्रिसिमस पहिले फर्किनुपर्छः डोनाल्ड ट्रम्प

    फाईल तस्बिर

    वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाद अमेरिकी सेनालाई क्रिसमस पहिले नै स्वदेश फर्काइने बताएका छन् ।

    उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् अमेरिकी सबै सेनालाई आगामी क्रिसमस पहिले नै फिर्ता गर्ने जानकारी बिहीबार गराएका हुन् । उनले भने, “अफगानिस्तानमा कार्यरत अमेरिकी बहादुर सेनाहरू अब सानो सङ्ख्यामा त्यहाँ रहेको र तिनीहरूलाई पनि आगामी क्रिसमस पहिले फिर्ता गरिनुपर्छ ।” 

    एक दिन पहिले राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रेनले अफगानिस्तानमा करिब पाँच हजार अमेरिकी सेना मात्र रहेको र सन् २०२१ को सुरुसम्ममा यो सङ्ख्यालाई दुई हजार पाँच सयमा झार्ने योजना सरकारको रहेको बताएका थिए ।

    तालिवान लडाकू र उनीहरूका परिवारका सदस्य र अफगानी सुरक्षा फौज, अमेरिकी सेना र अफगानी सर्वसाधारणसहित गरी अफगानिस्तानमा अमेरिकी सेना प्रवेश गरेपछि अहिलेसम्म एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको राष्ट्रसंघको तथ्याङ्क रहेको छ । 

    अमेरिकी सेनालाई फिर्ता गर्ने बिषयमा तालिवान, अमेरिकी सरकार र अफगानी सरकारबीच सहमति बनिसकेको छ । ट्रम्पले अफगानिस्तानबाट सेना फिर्ता गर्ने बिषयलाई अमेरिकी राष्ट्रपतिय निर्वाचनमा लोकप्रिय मत प्राप्त गर्ने एउटा गतिलो एजेन्डाका रूपमा लिएको देखिन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०२:३०:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार