बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लघुकथा: सौता

लघुकथा: सौता

मेगा खबर संवाददाता

१६, श्रावण २०८१
  • 814
    SHARES

  • लघुकथा: सौता

    सुरेशकुमार पाण्डे 

    "छोरी यता सुन त ! "- विमलाले सकुन्तलीलाई एकान्तमा बोलाई ।
    " भन्नु आमा केभयो ?"-सकुन्तलीले नजिकै आएर सोधी ।
    " छोरी एउटा कुरा भनौँ ? तेरै फाइदाको हो ।"- विमलालले विस्तारै भनी ।
    " होर ! भन्नु न आमा। हजुरलाई एउटा कुरा भन्न पनि छोरी सँग सोध्नु पर्छ त !"- सकुन्तलीले निदार चाउरी पार्दै भनि ।
    " छोरी तिमिले भन्थ्यौ नी सौता सँग छुट्कारा पाउँने तरिका कतैपाए हुनेथ्यो मसँग छ ।"- विमलाले भनी ।
    " होर आमा कस्तो तरिका हो । भन्दिनुन मलाई ।"- सकुन्तली मुस्कुराउँदै अरू नजिक आई ।
    " ऊ हेर त बारीमा !"- विमलाले इसारा गर्दै भनी ।
    " आमा यतीका च्याउँ उम्रिएको रहिछ । मैले त देखेकै थिएन यतिवेर सम्म। मलाई खुबै मनपर्छ यो च्याउँ " - सकुन्तली दौडिएर बारीबाट बगाले चेउ टीपेर आइ ।
    " यो पकाउ अनि तिम्रो त्यो सौतालाई ख्वाए त्यसमा थोरै विष मिलाई दिए पुग्छ । तिमीले सधैँ सौताबाट छुट्कारा खोज्ने कुरा गर्थ्यौ नी त्यसैले विष पनि ल्याइलिएकी छु।सबैले सम्झिन्छन् च्याउ बिषालु रहिछ र मरी ।"- विमलाले विस्तारै सम्झाई ।
    " आमा हजुर मेरो आमा भएर पनि कति नराम्रा कुरा गर्नुभयो ।
    त्यही व्यवहार सौताको आमाले गरे के बित्थ्यो हजुरलाई भन्नु त ? अरू हजुरले पनि साँच्चै सम्झिनु भयो मैले सौता भनेको त मोबाइललाई पो हो । "- सकुन्तलीले मुस्कुराउँदै भनि ।
    " अहिले विमला सर्मिन्दा भई । उसँग कुनै उत्तर थिएन ।
    दाङ घोराही १८

    बुधवार, श्रावण १६ २०८१०५:१६:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार