काठमाडौँ, प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्नेलाई १५ दिनमा ३१ वटा युट्युब च्यानल सञ्चालक (व्यक्तिकम्पनी) लाई कारबाही गरेको छ ।
काउन्सिलले मगंलबार विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमका रूपमा दर्ता सूचीकरण भएका र नभएका दुवैलाई कारबाही गरिएको जनाएको छ । दर्ता नभए पनि समाचारको शैलीमा द्वन्द्व बढाउने,चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने ती युट्युब च्यानल सञ्चालकलाई कारबाही गरिएको काउन्सिलले जनाएको छ ।
मिडिया अन्तर्गत सूचीकृत भएका तीन युट्युब च्यानललाई काउन्सिलले आचारसंहिता प्रतिकूल देखिएका अंश हटाई सम्पादन गर्न,सामग्री स्थगनगरी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न र अश्लील सामग्री तत्काल हटाउन निर्देशनसमेत दिएको छ ।
हेल्लोटिभी नेपाल फेसबुक पेज,पिएनपी मिडिया र नागरिकपत्र युट्युब च्यानललाई उक्त निर्देशन दिइएको हो । काउन्सिलले हिंसा,आतङ्कलाई प्रश्रय पुग्ने, निराधार,अफवाहपूर्ण,अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिइ भ्रमपूर्ण, अमर्यादित,अश्लील सामग्री सम्प्रेषण गर्ने त्यस्ता युट्युब च्यानल सञ्चालकलाई कारबाही प्रक्रिया अघि बढाएको विज्ञप्तिमा उल्लेख छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।