सुरेशकुमार पाण्डे
" बाबा हजुर! यति छिट्टै किन लिनआउँनुभाको हो आज ?"- सुन्दरले आफ्नो बाबालाई स्कुलमा लिन गएको देखेर आचार्य प्रकट गर्यो ।
" बिहानै भनेको थिएं त भुल्यौ ?
बाबु आज हामि घुम्नजाने त्यसैले छिट्टै बोलाएको तिमिलाई ।" -नैनसिहँले आफ्नो चार वर्षको छोरालाई स्कुलबाट छुट्टि दिलाएर घर लैजाँदै गर्दा भने ।
" अनि हामि कहाँ जाने घुम्न ?"- सुन्दरले नैनसिहँलाई अंगालो हाल्दै सोध्यो ।
आज ऊ धेरै खुसि देखिन्थ्यो । उस्तै नैनसिहँ पनि उसलाई देखेर मुस्कुराइ रहेको थियो ।
" आज पोखरा घुमौलानी है !"- नैनसिहँले भन्यो ।
" अनि आमालाई पनि लिएर जाने हो ?"- सुन्दरले नैनसिँहको अनुहार हातले आफुतिर फर्काउँदै सोध्यो ।
" तिमी भन त केगरौँ ? तिमीले भने मात्र लान्छु नत्र लाँदैन !"- नैनसिहँ मुस्कुराउँदै प्रतिप्रश्न गर्यो ।
" लैजाउँ आमालाई पनि ।"-सुन्दरले भन्यो ।
स्कुलबाट घर पुग्दा सम्म बाबा र छोराको गफ चलिरह्यो । अंझै बोली प्रष्ट नफुरेको छोरा बोल्दा सुन्न रहर लाग्थ्यो नैनसिहंलाई ।
" आमा छिट्टो गर्नु अहिले ढिला हुन्छ ।"- सुन्दर घरभित्र प्रवेस गर्दै भन्यो ।
मायाँले सामान सुर्केशमा राख्दै थिइन ।
" छिट्टै गर माया अहिले ढिला हुन्छ । बाहिर टेक्सि उभिएकोछ ।
"हजुर पनि कस्तो हतार गर्नुहुन्छ समान मिलाउँदै छु । यो छोप्नु त "- झोला नैनसिहँ लाई थमाउँदै मायाले सुर्केस तानिन् ।
"-ओहो कति समान लान्छौ तिमीले फेरी फर्किने होइनौँ र ?"- नैनसिहँ मुस्कुराउँदै ठटौले पारामा भन्यो ।
उनिहरू फटाफट टेक्सिमा चढे र हवाइ अड्डा पुगे ।
सबैजना प्रकृया पुरा भएपछि जहाजमा चडे ।
सुन्दर आज धेरै खुसिथियो । ऊ कहिले आमाको त कहिले बाबाको काखमा बस्थ्यो ।
" एकैछिन पछि जहाजले उडान भर्न थाल्यो तर अचानक धडाम् ! सँगै सबैको आवाज बन्द भयो । दनदनी आगोको मूश्ला र धुवाँ मात्र देखियो ।
दाङ घोराही १८
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।