काठमाडौँ, साउन ८ गते, काठमाडौंको ठूलो भर्याङस्थित यातायात कार्यालयमा सेवाग्राहीको भिड लागेको छ । यातायात व्यवस्था विभागको सर्भरमा समस्या देखिएपछि केही दिनदेखि सेवा बन्द थियो ।
मंगलबार सर्भर सञ्चालनमा आएपछि यातायात कार्यालयमा भिड लागेको हो । दुई दिनसम्म सर्भर डाउन हुँदा रोकिएको काम आजदेखि सुरू गरिएको छ ।
सवारी चालक अनुमति पत्रसम्बन्धी सेवा लिन सेवाग्राहीको कार्यालयमा जमघट हुँदा भिड बढेको हो । यातायात व्यवस्था कार्यालयको केन्द्रीय सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयका सेवा दुई दिनदेखि प्रभावित बनेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।