काठमाडौँ, साउन ८ गते, ललितपुरका १६ वर्षीय बालकमा हैजा पुष्टि भएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा.युवानिधि बसौलाले अस्पतालमा उपचाररत १६ वर्षीय बालकमा हैजा पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा ललितपुरको गोदावरी -१४ ठैवको ठैवस्थित एक पुनर्स्थापना केन्द्र (रिह्याबिलिटेसन सेन्टर) बस्ने उनमा हैजा पुष्टि भएको हो ।
सोही ठाउँबाट आउनु भएका एक जना झाडापखालाका बिरामीको रिर्पोट आउन बाँकी छ उहाँ आइसियुमा उपचाररत रहेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।