एजेन्सी । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) का पूर्वनिर्देशक अश्वनीकुमारले आत्महत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार नागल्यान्डका पूर्वराज्यपालसमेत रहेका उनले बुधबार आफ्नै निवासमा आत्महत्या गरेका हुन् ।
नागल्यान्डको राजधानी शिमलास्थित निवासमा ७० वर्षीय आश्वनीकुमार झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
प्रहरीले घटनास्थलबाट सुसाइड नोट बरामद गरेको छ। जसमा उनले जीवनमा थकित भएपछि अर्को यात्रा तय गरेको उल्लेख गरेका छन्। घटनाबारे गम्भीर अनुसन्धान सुरु गरिएको त्यहाँको प्रहरीले जनाएको छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।