बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लघुकथा: भ्रम

लघुकथा: भ्रम

मेगा खबर संवाददाता

७, श्रावण २०८१
  • 1.4K
    SHARES

  • लघुकथा: भ्रम

    सुरेशकुमार पाण्डे

    " ए ! रामलाल हेर त त्यो मानिसलाई चिन्यौँ ? "- विनोदले अक्षबत्ती जग्गेमा बसेर पाठ पढ्दै गरेको एकजना बाहुन तर्फ सिकाउँदै सोध्यो ।
    " अहँ चिनिन को हुन ? "- रामलालले प्रतिप्रश्न गर्यो ।
    " कस्तो दिमाख हो ? अलि निदार खुम्चाएर हेर त कुनै दिन तिमीहरू सँगै बसेका पनि हौ ।"- विनोदले फेरी याद गर्न लगायो ।
    " अँ यार ! चिनेको झैँ लाग्यो मलाई पनि तर राम्रोगरि प्रष्ट पार्न सकिन । कतै यो उखाने त होइन ? "- एकछिन खुबै नियाल्यो र भन्यो ।
    " धत्ततेरी की ! ऊ क्या डम्र  दुई वर्षसम्म सँगै बसेको होइन तिमीहरू ।  चिन्यो कि नाई ?"- विनोदले सम्झायो ।
    " ए । ए ! बल्ल चिने । किन यस्तो भेषमा छ त कामरेड डम्र ?"- रामलाल आचार्य हुन्छ ।
    " हो उहि भनौदा कामरेड डम्र । जसले गोरूको मासु नखाने कम्युनिष्ट हुनैसक्दैन भन्थ्यो । त्यो वेला पुजा गराई दिन गएका तल्ला घरे बाजेलाई घेराहालेर पुजा लगाइदिएकै आरोपमा जनकार्वाही गरेका थियौ नी तिमीहरू मिलेर होइन भनत ?"- विनोदले सम्रण गरायो ।
    " हो,हो मैले कहिले ढांटेर ? हामिबाट त्यो नराम्रो कृयाकलाप भयो।तर आज उनै व्याक्तीहरू मध्यको यसरी सैधान्तिक पतन भएको देख्दा दुःख लाग्छ ।"- रामलालले स्विकारदै भन्यो ।
    " अब भन त त्यो ठिक थियो की अहिलेको यो उस्को रूप ?"- विनोदले सोध्यो ।
    " हामि त्यो वेला पनि भ्रमित थियौँ र अहिले पनि उनैले भ्रम दिंदैछन् । "- रामलालले भन्यो ।
    बल्ल निन्द्रा खुलेछ रामलाल तेरो ।"- विनोदले भन्यो ।

    दाङ घोराही १८

    सोमवार, श्रावण ७ २०८११०:२६:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार