बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लघुकथा : प्रवाशी

लघुकथा : प्रवाशी

मेगा खबर संवाददाता

४, श्रावण २०८१
  • 919
    SHARES

  • लघुकथा : प्रवाशी

    सुरेशकुमार पाण्डे

    " रामप्रसाद ! यो भाईलाई काममा लगाईदिऊँ म ?"- छिमेकमै बसेको भोलारामले सोध्यो ।

    " हो यसलाई काममा लगाउँने हो । तर यो भाइले यहाँको लोकल भाषा बोल्न जान्दैन केगरौँ? नोकरी यसको लाएकको छ भने लगाइदिउ न । " - घनाश्यायले भने ।

    भोलाराम लोकल व्यक्ति नै हो तर ऊ नेपालमा बसेकोले नेपाली प्रष्टै बोल्दथ्यो । घनाश्यामको गाउँवाट नोकरी खोज्दै बिए पास गरेको हरी केहिदिन पहिलाई आएको थियो । तर उसले हिंदी भाषा बुझेपनि बोल्न आउँदैन थ्यो ।
    त्यसैले काम पाएको पनि थिएन । परदेशमा बिचरो कति दिन खालि बस्न सक्छ । आज भोलारामको कुराले नोकरी पाउँने आसा जगायो ।
    " सिक्छ भाषा विस्तारै मसँग कसैले भनेको छ । एकजना घरमा काम गर्ने सेवादार,इमान्दार,बफादार केटा खोज भनेर।त्यस्तो सबै गुण भएको केटा त नेपाली नै हुनसक्छ मैले अनुमान लगाएँ । मालिक त ठिकैछ म आफैले पनि उसैको गाडि चलाइरहेको छु ।"- भोलाले भन्यो ।

    " हस् भोलाजी लिएर जानुहोला हैँ हजुर जाँदा ।"- घनाश्यामले भने  ।
    भोलाले हरिलाई लिएर गयो । नजिकै मालिकको घर थियो ।
    " सर जी नमस्कार ! लड्का लाया हुँ ! (सर ! नमस्कार ! केटो ल्याइदिएको छु । )
    " लाहेहो ? इमानदार,बफादार,मेहन्ती और सेवादार हैन यह लड्का ? मालकिनसे मिलाओ ।"- मालिकले भन्यो । (ल्याएका छौ ? इमान्दार बफादार मेहन्ती र सेवादार छनी त्यसोभए माल्किनसँग मिलाउ)

    " सर ! नेपाली है । घनाश्यामजी हैन उसका भाई है ।"- भोलाले परिचय गराउँदै भन्यो । (सर ! नेपाली हो । घनाश्यामजीको भाई हो )
    " ठिक है भोला इस्को ! तनख्वा काम देखकर दियाजाएगा । घरका सारा काम कर्नाहोगा । ( ठिकछ भोला ! यसलाई तलब कामहेरेर दिनेछौँ । घरको सबैकाम गर्नुपर्नेछ । र यसको नामपनि हामिले बहादुर राख्ने छौँ । मञ्जुर छ भने यसलाई माल्किन सँग मिलाईदिनु)
    और  इसका नाम भि  बहादुर रखा जाएगा पसन्द हो इसको मेरि सर्त तो मालकिनसे मिल्वादेना ।"- मालिकले भन्यो ।

    " मेरा जन्मदाताले मेरो न्वारान गराएर यति सुन्दर नाम हरी राखेको यसलाई किन मेरो नाउ बदल्नु परेको होला ?"- हरिले मनैमन भन्यो ।
    दाङ घोराही १८

    शुक्रवार, श्रावण ४ २०८१०१:३९:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार