बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लघुकथा: आजको मानिस

लघुकथा: आजको मानिस

मेगा खबर संवाददाता

३, श्रावण २०८१
  • 856
    SHARES

  • लघुकथा: आजको मानिस

    सुरेशकुमार पाण्डे 

    "होइन दाजै हजुरको अरू काम छैन की क्याहो भन्या ! घरि घरी मलाई नै फोन गर्नुहुन्छ ।"- राजेश चर्को स्वरमा बोल्यो ।

    " फोन गर्नैपर्ने भएर गरेको हो । मेरो घर बैंकले लिलाम गर्ने नोटिस जारिगरेको छ । मेरो समस्या बुझिदेउ न भाई ।"- विनिरामले आफ्नो दुःख देखाए ।

    " हजुरको घर बैंकले लिलाम गरोस वा कुनै अरू कारण भित्कियोस हामिले के गर्न सक्छौँ ?"- राजेशले रिसाउँदै भन्यो ।

    " किन त्यसो भन्छौ भाई ! कुनै वेला तिम्रो पनि काम काटेकै हौँ । अहिले मलाई ठुलो समस्या पर्यो र भनेको ।"- उसले बिन्ती गर्यो ।
    " त्यो त ठिकै हो तर म सँग यती वेला फुटेको कौडी छैन।मसँग पैसा हुन्थ्यो भने पहिल्यै दिनेथिएँ।"- राजेशले इन्कार गर्यो ।

    " पैसा मात्रै सबथोक होइन भाई । हिँजो मैले तिम्रो काम काटें तर आज मलाई यति ठुलो समस्यामा पनि तिमीले पैसा दिंदैनौँ भने मानवता त मरिसेकेछ ।"- विनिरामले दुःख व्याक्त गर्यो ।

    " जेभनेपनि भन्नु तर पैसा यतिवेला छैन।जहिले पैसा होला देउँला । बल्ल दुई वर्ष त भयो  तिम्रो पैसा खाएर भाग्दैनौँ हामि समझ्यौ । 
    यति भन्यो र राजेशले फोन काट्यो ।

    बिहिवार, श्रावण ३ २०८११०:४८:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार