काठमाडौँ, स्वस्थ रहन फलफूलको सेवन जरुरी छ । बजारमा अनेकौँ प्रकारका फलफूल पाइन्छ । ती सबैमा प्रशस्त पोषक तत्त्वहरू छन् । खनिज र भिटामिनले भरिपूर्ण यी फलहरूले हामीलाई धेरै रोगहरूबाट बचाउन सक्छ । फाइबर हुने भएकाले यसले पाचन क्रियालाई स्वस्थ राख्छ । भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । क्याल्सियम र भिटामिन डीले हड्डी बलियो बनाउँछ ।
पैसाको अभाव वा उपलब्धता नभएर केही खान पाउँदैनन् वा निकै कम खान्छन् । केही मानिसले खानासँगै फलफूल खान्छन् । कोही बिहान उठेपछि वा राती सुत्नुअघि फलफूल खान्छन् । फलफूलबाट पूर्ण स्वास्थ्य लाभ प्राप्त होस् भन्ने हामी चाहन्छौँ । तर यसका लागि फलफूल कहिले र कसरी खाने ? यो कुरा जान्न जरुरी छ ।
ताजा फलफूललाई हलुका र पचाउन सजिलो मानिन्छ । अन्य खानेकुराको तुलनामा फलफूल हल्का हुन्छ । तर ‘हेभी’ खानाको साथमा वा पछि खाँदा ती खाना नपच्दा सम्म फलफूल पनि पेटमै रहन्छ । जसले गर्दा धेरै लामो समयसम्म यो पेटमा रहन्छ । पेटमा अम्लीय अपशिष्ट बढ्छ अनि यसले हाम्रो पाचन प्रणालीलाई प्रभावित गर्न सक्छ । फलतः अपच,पेट फुल्ने,फूड ‘सेन्सिटीभीटी’ जस्ता समस्या निम्तिन सक्छ ।
त्यसो भएर कसरी खाने फलफूल ?
फलफूल छुट्टै खानुपर्छ । खानासँगै वा खाना खाए लगत्तै फलफूल खानु हुँदैन । आयुर्वेदका अनुसार खाना खानु भन्दा एक घण्टा अगाडि वा खाएको दुई घण्टापछि फलफूल खान सकिन्छ । खानासँगै वा लगत्तै कहिले फलफूल खानु हुन्न । कतिपयले दूध र दहीसँग फलफूल खाने गर्छन् । यस्तो गर्नु हुन्न । दही दूधसँग फलफूल खाने नै भएपनि गाई वस्तु नभएर वनस्पति आधारित दूध वा दहीसँग खानुस् । फलफूल सकेसम्म चपाएर खानुस् । पाचनमा समस्या छ,चपाउन सकिन्न भने मात्रै जुस बनाएर खानुस् । अबेर राति वा सूर्यास्त पछि फलफूल नखान आयुर्वेदमा सुझाव दिइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।