काठमाडौँ, सु–स्वास्थ्यको कुरा आउँदा स्वास्थ्य विज्ञहरू ड्राई फ्रुट्स खाने सल्लाह दिन्छन् । किनकि यसमा पाइने पोषक तत्त्वहरूले हाम्रो समग्र स्वास्थ्यको ख्याल राख्छ । सबै खाले ड्राई फ्रुट्स स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् ।
पिस्तामा पाइने पोषक तत्त्वहरूबाट । पिस्तामा क्यालोरी,कार्बोहाइड्रेट,प्रोटिन,फ्याट,पोटासियम,फस्फोरस, भिटामिन बी ६,थायमिन,कपर,म्याङ्गनीज पाइन्छ । पिस्ता प्रचुर मात्रमा भिटामिन बी ६ पाइने ड्राई फ्रुट्समा पर्दछ ।
२८ ग्राम पिस्तामा पाइन्छ निम्न मात्रामा पोषक तत्त्व
क्यालोरी: १५९
कार्बाेहाइड्रेटः ८ ग्राम
फाइबरः ३ ग्राम
प्रोटिनः ६ ग्राम
बोसोः १३ ग्राम
पोटासियमः डीभीको ६ प्रतिशत
फस्फोरसः डीभीको ११ प्रतिशत
भिटामिन बी६ः डीभीको २८ प्रतिशत
थायामिनः डीभीको २१ प्रतिशत
तामाः डीभीको ४१ प्रतिशत
म्याङ्गनीजः डीभीको १५ प्रतिशत
पिस्ता सेवनका फाइदाबारे
- पिस्ता खाँदा अनुहारमा समय अगावै देखिने चाउरीको असर कम हुन्छ । यसले छालालाई कसिलो राख्छ । - क्षतिग्रस्त छाला कोशिकाहरू मर्मत गर्न पनि मद्दत गर्दछ ।
- शरीरमा प्रोटिनको कमी भएका व्यक्तिले यो ड्राई फ्रुट खानुपर्छ । यसले प्रोटिनको कमीलाई हटाउन मद्दत गर्दछ ।
- पिस्तामा प्रोटिन र फाइबरको मात्रा धेरै हुने भएकाले यसले पेट लामो समयसम्म अघाएको महसुस गराउँछ । - जसले गर्दा धेरै खानेकुरा खानबाट बचिन्छ । यसले तौल घटाउन मद्दत गर्छ ।
- थोरै मात्र पिस्ता खाँदा पनि पाचन प्रक्रिया स्वस्थ रहन्छ र स्वास्थ्यमा सुधार ल्याउन मद्दत मिल्छ । यसले - कोलेस्ट्रोल स्तर सुधार्न पनि मद्दत गर्दछ । मुटुका बिरामीलाई यसको सेवन गर्न सल्लाह दिइन्छ ।
-पिस्ताले आँखाको ज्योति पनि बलियो बनाउँछ भनेर अध्ययनले देखाएका छन् । आँखाको दृष्टि कमजोर भएका - मानिसहरू यसलाई आफ्नो आहारमा समावेश गर्नुपर्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।