बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लघुकथा : लाहुरे

लघुकथा : लाहुरे

मेगा खबर संवाददाता

२५, आषाढ २०८१
  • 874
    SHARES

  • लघुकथा : लाहुरे

    सुरेशकुमार पाण्डे 

    रेलको खिड्कीवाट टाडा -टाडाको दृश्य नियालिरहेको झैं देखिए पनि विनिरामले केही देखेकै थिएन।उसको आँखाबाट निरन्तर आँसुका धाराहरू बगिरहेका थिए ।
    रेल गाडी भने आफ्नै तालमा मस्त थियो । छक-छक गर्दै निरन्तर गनतव्य तर्फ गुड्दै थियो । विनिरामको भने गन्तव्य अनिश्चित थियो ।
    सबै यात्रुहरू आ -आफ्नै धुनमा थिए।तर उस्को खयाल भने बतासमा फुर्र उडेर आफ्नै घरमा पुगेको थियो ।

    " बाबु ! बाटोमा भोक लाग्छ पेटभरी खाउ ।"- आमाले ढाक्ने पस्किंदै भन्नुभयो । चामलवाट चुनिएका बिंयाहरू लाई सुपामा लोराले दलेर एकमाना जती तामाको ताउलिमा ढाक्ने पकाउँनु भएको थियो ।

    विनिरामलाई मन पर्ने भोजन हो । उसले स्वादै स्वादमा त्यो ताउली रित्तायो ।
    "छोरा ! यसमा केही गहुँका रोटी र तिलको अचार पनि छ । भोक लाग्यो भने खानु । ठाउँमा पुगेपछि चिट्ठी पठाउँन नभुल्नु ।"-आमाले वर्किले आफ्ना आंखा पुच्छदै भन्नुभयो ।
    रेलको ब्रिक सँगै उस्लाई झट्का लाग्यो ।
    " चिया गर्म-चिया गर्म ! - विनिराम सुनेर झसिङ्ग भयो । कति छिट्टै लखनाउँको स्टेसनमा पुगिएछ ।

    यात्रुहरू चढ्ने र ओर्लने क्रम जारिनै थियो । " यिनी यात्रुहरूको पनि मेरै जस्तो कथा त लुकेको होला ।"-
    विनिरामले ति यात्रुहरूलाई अलिवेर नियाल्यो र मनैमन भन्यो ।
    ऊ रेलवाट तल ओर्लियो र पहिले देखि बगिरहेको पानीले मुख धोयो पुःन रेलमा चढ्यो । अनि उहि आफ्नो सिटमा बस्यो । अनिश्चित गनतव्यको पर्खाइमा । स्युइ ! स्युइ रेल फेरी आफ्नै तालमा गुड्न थाल्यो ।
    विनिरामले झोला छाम्यो आमाले दिएको गहुँको रोटी हातमा लियो र खान थाल्यो ।

    दाङ घोराही १८

    मंगलवार, आषाढ २५ २०८१०६:३६:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार