बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

सरकारले तोक्यो यि सङ्क्रामक रोग, कुन कुन हुन् ?

सरकारले तोक्यो यि सङ्क्रामक रोग, कुन कुन हुन् ?

मेगा खबर संवाददाता

२३, आषाढ २०८१
  • 841
    SHARES

  • सरकारले तोक्यो  यि सङ्क्रामक रोग, कुन कुन हुन् ?

    काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५२ वटा रोगलाई सङ्क्रामक रोग भनेर तोकेको छ । 

    मन्त्रालयले ‘जनस्वास्थ्य सेवा ऐन,२०७५’को दफा ४९ को उपदफा (१) बमोजिमका सङ्क्रामक रोग निर्धारण गरेको हो । सरकारले रेबिज,क्षयरोग,कोभिड,डेंगु लगायत विभिन्न रोगलाई सङ्क्रामक रोग भनेर निर्धारण गरेको हो । 

    पहिलो नम्बरमा रेबिज,दोस्रोमा क्षयरोग,तेस्रोमा कोभिडलाई सङ्क्रामक रोग भनेर राखिएको छ । चौथोमा दादुरा र पाँचौँमा डेंगु रोगलाई राखिएको छ । छैटौँमा जापनिज इन्सेफलाइटिस र सातौँमा हैजा रोगलाई सङ्क्रामक रोगको सूचीमा राखिँदा त्यसपछि क्रमशः धनुष्टङ्कार,एच.आइ.भी÷एड्स,एन्फ्लुएन्जा,जुनोटिक र सिजनल,स्क्रब टाइफस,म्याग्दे ज्वारो,कालाजार,रोटाभाइरस,रुबेलालाई पनि समावेश गरिएको छ । 

    लेप्टोस्पाइरोसिस,भ्यागुते रोग,निकोकल निमोनिया,कमलपित्त,औलो ज्वरो,एच इन्फ्लुएन्जा,ब्रुसेलोसिस,कुष्टरोग, लहरे खोकी सङ्क्रामक रोग अन्तर्गत परेका छन् । कमलपित्त सी,निपाह भाइरस इन्फेक्शन,एंथ्रेक्स,पोलियो, हाडे,टोक्सोप्लाज्मोसिस,ट्रकोमा,इबोला भाइरस डिजीज,हात्तीपाइले,साल्मोनेसिस,क्रिमियन काङ्गो हेमोरेजिक फिवर,मारबर्ग भाइरस डिजीजलाई सङ्क्रामक रोग भनेर सरकारले तोकेको छ । सार्स,कमलपित्त ए,प्लेग,लिजियोनेलोसि,इनोकोकोसिस÷हाइडैटिडोसिस,एमपक्स,बिफर,एल्लो फिवर,कमलपित्त ई,चिकुनगुनिया रोगलाई पनि सङ्क्रामक रोगको सूचीमा समावेश गरिएको छ । 

     

    आइतवार, आषाढ २३ २०८११२:२०:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार