सुरेशकुमार पाण्डे
" अखबार छ बाबु ? मैतिदेवी हाँकार सँग सोध्छिन्।
" आमा अखबार त छ हजुरलाई कुन चाहिएको हो ? "- हाँकारले प्रतिप्रश्न गर्यो ।
" आज एस इइको रिजल्ट आउँनुथियो । त्यो कुन अखबारमा होला बाबु ? "- मैति देवीले सोधिन् ।
" खै त सबै अखबारमा होला नी आमा तर मैले पढेको छैन ।"- हाँकारले भन्यो ।
"बाबु म आज बिहानै देखि काममा नगएर तिम्रो बाटो कुरेर बसेकी छु । अहिले तिमी सँग कुन- कुन अखबार छन सबै देउ न बाबु म पैसा दिन्छु । "- मैतिदेवीले भनिन् ।
" आमा के हजुरले परिक्षा दिनुभएको छर ? "- उसले सोध्यो ।
" होइन बाबु मेरो छोरा विजयको रिजल्ट आउँनुथियो । मैतिदेवीले भनिन् ।
" चारव़टा छुट्टाछुट्टै अखबार हुन् रूपियाँ बिस दिनुहोस् ।"- हाँकारले अखबार दिंदै भन्यो ।
" हस् बाबु लिनुहोस् ।"- मैतिदेवीले बिस रूपियाँ हाकारलाई थमाईन् ।
" आजको दिनको मैतिदेवीले धेरै पहिले दिखि बाटो कुर्दै बसेकि थिइन् । उन्ले आर्काको घाँस काटेर मल बोकेर विजयलाई यहाँ सम्म डोराएकी हुन् ।
उनि अखबार लिएर घर गइन सबै खालाङ्गखुलुङ्ग पारिन तर काला अक्षर भैंशी बराबर उन्ले मेसो पाइनन् ।
त्यही वेला विजय र अभिनास टुप्लुक्क आइ पुगे ।
"आम हेर्नु त हजुरको छोरा विजयले कति जिपि एस लिएको छ"- स्कुलबाट लिएर गएको रिजल्ट पेपर देखाऊँदै अभिनासले भन्यो ।
" अंरे पख न तँ पनि कसलाई पेपर देखाउँन थालिस् जसलाई कखरा पनि पढ्न आउँदैन । तँलाई थाहाछैन मेरो आमा अनपढ छिन भन्ने ।
विजयले केही नसोंची प्याच भन्यो ।
आमाको भित्र चसक्क बिजाएयो । तर उनि नसुनेको जस्तै गरिन भान्छा कोठातिर लागिन् । आँखामा आएको आशु पुछिन र आफैले बनाएको खिर लिएर दुबै जनालाई दिंदै भनिन् । " लौ बाबु मुख मिठो गराउ मेरो छोरा पास भएको खुसिमा ।
दाङ घोराही १८
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।