बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बागमती प्रदेशमा ४ सय ८२ जनामा डेंगु संक्रमण

बागमती प्रदेशमा ४ सय ८२ जनामा डेंगु संक्रमण

मेगा खबर संवाददाता

२१, आषाढ २०८१
  • 697
    SHARES

  • बागमती प्रदेशमा ४ सय ८२ जनामा डेंगु संक्रमण

    काठमाडौँ, देश भरमध्ये बागमती प्रदेशमा मात्र ४ सय ८२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।  

    देशभर १४ सय ३२ संक्रमितमध्ये बागमतीमा मात्रै ४ सय ८२ जनामा डेंगु संक्रमण फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । 

    कोशी प्रदेशमा ३ सय ५० जना डेंगु पुष्टि भएको छ । गण्डकीमा २१२ जनामा,लुम्बिनी प्रदेशमा १७१ जनामा डेंगु संक्रमित फेला परेको ईडीसीडीले जनाएको छ । सुदूरपश्चिममा १५९,मधेसमा ३८ र कर्णालीमा २० जनामा डेंगु पुष्टि भएको ईडीसीडीले उल्लेख गरेको छ ।  

    देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको ईडीसीडीले जनाएको छ । 

    शुक्रवार, आषाढ २१ २०८१०४:०४:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार