सुरेशकुमार पाण्डे
रेलको खिड्कीवाट टाडा - टाडाको दृश्य नियालिरहेको झैं देखिए पनि विनिरामले केही देखेकै थिएन । उसको आँखाबाट निरन्तर आँसुका धाराहरू बगिरहेका थिए ।
रेल गाडी भने आफ्नै तालमा मस्त थियो । छक-छक गर्दै निरन्तर गनतव्य तर्फ गुड्दै थियो । विनिरामको भने गन्तव्य अनिश्चित थियो ।
सबै यात्रुहरू आ - आफ्नै धुनमा थिए।तर उस्को खयाल भने बतासमा फुर्र उडेर आफ्नै घरमा पुगेको थियो ।
" बाबु ! बाटोमा भोक लाग्छ पेटभरी खाउ ।"- आमाले ढाक्ने पस्किंदै भन्नुभयो । चामलवाट चुनिएका बिंयाहरू लाई सुपामा लोराले दलेर एकमाना जती तामाको ताउलिमा ढाक्ने पकाउँनु भएको थियो ।
विनिरामलाई मन पर्ने भोजन हो । उसले स्वादै स्वादमा त्यो ताउली रित्तायो ।
"छोरा ! यसमा केही गहुँका रोटी र तिलको अचार पनि छ।भोक लाग्यो भने खानु । ठाउँमा पुगेपछि चिट्ठी पठाउँन नभुल्नु ।"- आमाले वर्किले आफ्ना आंखा पुच्छदै भन्नुभयो ।
रेलको ब्रिक सँगै उस्लाई झट्का लाग्यो ।
" चिया गर्म-चिया गर्म ! - विनिराम सुनेर झसिङ्ग भयो । कति छिट्टै लखनाउँको स्टेसनमा पुगिएछ ।
यात्रुहरू चढ्ने र ओर्लने क्रम जारिनै थियो । " यिनी यात्रुहरूको पनि मेरै जस्तो कथा त लुकेको होला ।"-
विनिरामले ति यात्रुहरूलाई अलिवेर नियाल्यो र मनैमन भन्यो ।
ऊ रेलवाट तल ओर्लियो र पहिले देखि बगिरहेको पानीले मुख धोयो पुःन रेलमा चढ्यो । अनि उहि आफ्नो सिटमा बस्यो । अनिश्चित गनतव्यको पर्खाइमा । स्युइ ! स्युइ रेल फेरी आफ्नै तालमा गुड्न थाल्यो ।
विनिरामले झोला छाम्यो आमाले दिएको गहुँको रोटी हातमा लियो र खान थाल्यो ।
दाङ घोराही १८
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।