बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाडौं महानगरले सुरु गर्‍यो लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान

काठमाडौं महानगरले सुरु गर्‍यो लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान

मेगा खबर संवाददाता

१३, आषाढ २०८१
  • 685
    SHARES

  • काठमाडौं महानगरले सुरु गर्‍यो लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान

    काठमाडौं, काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले डेंगु रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको छ । असार ९ गतेबाट सबै वडाका कार्यक्रम सञ्चालन भइरहेका छन् ।

    रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरुको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनु हुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्छन् । अभियानमा यस सम्बन्धी सचेतना बढाउने गरिएको छ । कार्यक्रमका फोकल पर्सन ऋषि भुषालका अनुसार,यस अभियानमा ६४ जना स्वास्थ्यकर्मी र सबै महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको छ ।  

    सडकमा पानी जमेका खाल्टा पुर्ने,पानीका भाँडा,टायर तथा अन्य स्थानमा जमेको पानी हटाउने,यसमा लामखुट्टेको प्रजनन प्रणाली र रोग फैलिन सक्ने अवस्थाका बारेमा सर्वसाधारणलाई बुझाउने काम अभियानमा क्रममा भइरहेका हुन् । 

    रोगको लक्षण देखिएका विरामीहरुको परीक्षण,औषधोपचारका लागि स्वास्थ्य प्रवर्धन केन्द्रमा व्यवस्था मिलाइएको भुषालले बताए । 

     

     

    बिहिवार, आषाढ १३ २०८१०४:२२:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार