बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लघुकथा- बानी

लघुकथा- बानी

मेगा खबर संवाददाता

१२, आषाढ २०८१
  • 1.3K
    SHARES

  • लघुकथा-  बानी

    सुरेशकुमार पाण्डे

    " मानिस' हो कहिले न कहिले त अवश्य पनि सुध्रिन्छ।जिम्मा दिएपछि काम गर्छ।कामले नै उसलाई परिपक्क बनाउँन सक्छ ।"- रामलालले विसरामलाई काममा खटाउन जोडदिन्छन् ।

    " त्यसो भए सालिक रामले पटक-पटक एकजना साथि पठाई दिनुस् भनेका छन् त्यहाँ कुनै घटना घटेको छ अरे । एक पटक विसरामलाई त्यो ठाउँमा जिम्मा दिएर पठाउँ के रिजल्ट आउँछ थाहा हुन्छ !"- मोहनले भने ।

    " त्यहाँ अलि मिल्दैन की सर !  दुबैजना एकै एकै भएभने फेरी सुरू गर्छन की उहि काम ।"-रामलालले सङ्का व्याक्त गरे । " हेरौँ न एक पल्ट रिजल्ट कस्तो आउँछ ।"- मोहनले पठाउँन जोड दिए ।

    दुबैको सल्लानुसार विसरामलाई एउटा घटनाको छानबिन गर्न  सालिक राम कहाँ पठाइयो । ऊ खुसि भयो र सम्वन्धित ठाउँमा तुरून्तै पुग्यो । उनिहरू पुराना साथि हुन । " सर हाम्रो धेरै दिनपछि भेट भयो।सञ्जोगले हामि एउटै काममा खटियौँ । यो खुसिमा मैले के सेवा गर्नसक्छु ?"- शालिकरामले खुसि हुँदै भने ।
    " अब सेवा भन्ने त हजुरले भन्नुभयो यही ठुलो सेवा हो । मिठो बोलीले स्वागत गर्नुभयो । बरू के समस्या छ भन्नुहोस् ।"-विसरामले आफुलाई बोलाउँने कारण सोथ्यो ।

    " त्यो पछि भनौला सानो केस छ । पहिले केही नास्ता पानी गरौँ ।"-सालिकरामले भने ।
    " नास्ता पानी ? ऊ नास्ता पानि सुनेर  खितिति हास्योँ।विसरामले भन्यो हजुरको बानी उस्तै रहिछ कि अँझै पनि ।

    " अनि हजुरमा पनि ठ्याक्कै उस्तै रहिछ अंझै । लागेको बानी ट्रकको कमानि बलियो हुन्छ ।"- सालिकराम मुस्कुरायो ।

    सालिकरामले बाक्सा खोल्यो अनि बोतल निकाल्यो ।
    दुबैले एक बतोल सिध्धाए ।

    अनि नसामा भुले विर्सेका गफ सुरू भयो ।
    " मैले छोडी सकेको रक्सी तैंले गर्दा सुरू गर्नु पर्यो।"-सालिकराम जिब्रो लरबराउँदै करायो ।

    " मेरो बानी पनि त तैंले गर्दा खराब भयो फेरी ।" - विसरामले उसको कठालो छोप्यो । दुबै लड्न थाले ।
    "के खोज्या हो तैंले हँ ?"- शालिकरामले रित्तो बोटल विसरामको टाउकामा बजार्यो ।
    उनिहरूको कुटामार पछि छिमेकीले प्रहरी बोलाए शालिकराम प्रहरी चौकीमा पुग्यो।विसराम अस्पत्तालमा।
    " हेलो म रामलाल बोलें ।
    " सर छिटो आउँनुहोस् ,विसराम असपत्तालमा भर्ना छन् ।"-उताबाट कुनै अज्ञातको फोन आयो ।
    रामलालले घडी हेरे रातीको १:बजेको थियो ।

    दाङ घोराही १

    बुधवार, आषाढ १२ २०८१०८:०९:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार