बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

डेंगु सङ्क्रमण बढ्न नदिनतर्फ सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

डेंगु सङ्क्रमण बढ्न नदिनतर्फ सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

  • 832
    SHARES

  • डेंगु सङ्क्रमण बढ्न नदिनतर्फ सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं, असार ९ गते, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस वर्ष डेंगु बढ्न सक्ने भएकाले सचेत रहन सबैमा आग्रह गरेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका छन् । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार यो वर्ष नेपालमा सरदरभन्दा बढी वर्षा हुने आङ्कलन गरेकाले डेँगु फैलिन सक्ने खतरा भएकोभन्दै मन्त्रालयले सचेत गराएको छ ।

    मनसुन लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण हुने भएकाले सङ्क्रमणको सङ्ख्यामा बढोत्तरी हुन सक्ने डा.बुढाथोकीले विज्ञप्तिमा उल्लेख गरेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७२ जिल्लाहरूबाट १ हजार २४१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।  

     

    आइतवार, आषाढ ९ २०८१०४:४१:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार