बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

ट्रम्प चार दिनको उपचारपछि ह्वाईट हाउस फिर्ता

ट्रम्प चार दिनको उपचारपछि ह्वाईट हाउस फिर्ता

मेगा खबर संवाददाता

२०, आश्विन २०७७
  • 1.6K
    SHARES

  • ट्रम्प चार दिनको उपचारपछि ह्वाईट हाउस फिर्ता

    वासिङ्टन । कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट निवास फर्किएका छन् । उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गत शुक्रबार गरिएको थियो । त्यसपछि लगत्तै उनी सैनिक अस्पतालमा भर्ना भएका थिए ।  

    अस्पतालबाट निवास फर्किएपनि उनको उपचार भने निवासबाटै जारी रहने अधिकारीहरूले जनाएका छन् । आफ्नो स्वास्थ्य अवस्थामा धेरै सुधार आएको ७४ बर्षीय ट्रम्पले बताए । उनले चाडै नै आफु सार्वजनिक रुपमा निर्वाचनको काममा लाग्ने जानकारी दिए । अमेरिकामा आगामी नोभेम्बर २९ तारिखमा राष्ट्रपतिय निर्वाचन हुन लागेको छ भने ट्रम्प पनि प्रतिश्पर्धामा छन् ।  

    अस्पतालबाट ह्वाइट हाउस उनी छोटो हेलिकोप्टरमार्फत् गएका हुन् । उनी अस्पताल जादाँ पनि हेलिकोप्टरमै गएका थिए । ट्रम्पको स्वास्थ्यमा सुधार भइरहेको तर पूर्ण रूपमा ठीक भने नभइसकेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनीहरुका अनुसार ट्रम्पको अवस्था निवासमा फर्कन मिल्ने खालको रहेको र निवासमा रहँदा पनि उहाँलाई २४ नै घन्टा उत्कृष्ट चिकित्सकहरूको निगरानीमा रहने व्यवस्था गरिएको छ । 

    ह्वाइट हाउस पुगेपछि उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “मिथ्या समाचारले मिथ्या चुनावी सर्वेक्षण मात्र देखाइरहेका छन् ।” उनले कोरोनाबाट डराउनु पर्ने आवश्यकता नरहेकोमा जोड दिए । उनले यसअघि पनि कोरोनालाई सामान्य रुपमा लिन आह्वान गर्दै आएका थिए । 

    उनलाई शुक्रबार राति वाल्टर रिड नेशनल सैनिक अस्पताल लगिएको थियो । अस्पतालमा उन्लाई थेरापीलगायतका उपचारका उपायहरु अपनाइएको छ । उनी बिहीबार मध्यान्ह एउटा चुनावी कार्यक्रममा सहभागी भएर फर्केपछि सङ्क्रमित भएका बताइएको छ । उनीसँगै उनकी पत्नी मेलानिया पनि सङ्क्रमित भएकी छिन् । राष्ट्रपति ट्रम्पले आफ्नी श्रीमतीको पनि अवस्था सामान्य नै रहेको जानकारी दिएका छन् ।

    त्यसैगरी ह्वाइट हाउसका अन्य कम्तीमा १२ जना कर्मचारी तथा सहयोगीहरुलाई पनि सङ्क्रमण देखिएको जनाइएको छ । विश्वमै सवैभन्दा धेरै मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित रहेको मुलुक अमेरिकामा अहिलेसम्म दुई लाख १५ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ । 

    अमेरिकामा अहिलेसम्म ७६ लाख ७९ हजार ६४४ भन्दा बढी मासिन कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । एजेन्सी

    मंगलवार, आश्विन २० २०७७०३:२८:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार