खुर्सानी एउटा पूरक मसला हो । यसले पिरो भएकोले खानालाई स्वादिलो बनाइदिन्छ । यसका बियाँमा बढी पिरोपन हुन्छ । ताजा हरियो खुर्सानीमा एन्टिअक्सिडेन्ट बढी पाइन्छ भने सुकेकोमा कम पाइन्छ ।
खुर्सानीको पिरो हुने तत्त्वलाई क्याप्सिसिन भनिन्छ । नेपालको सबै भूभागमा यसको उत्पादन हुने भएता पनि पहाडी भूभागमा यसको राम्रो उत्पादन हुने गरेको पाइन्छ । अकबरे खुर्सानीलाई कतिपय ठाउँमा डल्ले खुर्सानी पनि भन्ने गरिन्छ ।
फाइदाहरू
- यसले रगतमा चिनीको मात्रा घटाउन वा सुगर रोगबाट बच्न मदत गर्दछ ।
- यसको नियमित सेवनले चिसोबाट हुने फ्लुलाई कम गर्न मदत गर्दछ ।
- नियमित यो खुर्सानीको सेवनले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन्छ ।
- श्वासप्रश्वास प्रणालीलाई मजबुत बनाई अक्सिजन लिने प्रक्रिया बढाउँछ ।
- भोक लगाउने प्रक्रिया कम गर्छ र शरीरको तापक्रम बढाउनुका साथै क्यालोरी जलाउने काम गर्छ
- पेटमा हुने ग्याष्टिक तथा अल्सर जस्ता रोगहरूबाट राहत पाउन सकिन्छ ।
- माइग्रेनको समस्या समाधानका लागि यो खुर्सानी अति उत्तम मानिन्छ।
- अकबरे खुर्सानी खानाले हाडजोर्नीमा हुने दुखाइलाई पनि केही कम गर्न मदत गर्दछ ।
- यसमा पाइने पोटासियम र फोलेटले मुटुका रोगहरूको जोखिम घटाउनुका साथै स्वास्थ्यकर कोलेस्ट्रोललाई नियमित गराउन मद्दत गर्छ ।
- यो खुर्सानी हालेर पकाइएको खानेकुरामा कीटाणुरहित हुन्छ ।
- थकाई शरीरमा आलस्यता आएको समयमा यसको प्रयोग गरेमा शरीरमा स्फूर्ति आउँछ ।
- यसले पिसाब सम्बन्धी समस्या कम गराउन मदत गर्दछ ।
- यसले शरीरमा राता रक्त कोषको मात्रामा वृद्धि गर्दछ ।
- एलर्जी हुनबाट जोगाउन धेरै हदसम्म मद्द गर्छ।
अत्यधिक खुर्सानी सेवनका असर
- अत्यधिक खुर्सानी सेवनले मुख सुख्खा हुने, मानसिक रुपमा तनाब बढाउने र शौच गर्न गाह्राे हुने, पेट पोल्ने लगायतका समस्या हुन्छन् ।
- खुर्सानीको सेवन गर्दा कसैलाई मुखदेखि मलद्वारसम्म पूरा पाचन प्रणालीमा जलन हुनसक्छ ।
- धेरै खुर्सानी खाँदा क्याप्साइसिनको मात्रा बढी हुन सक्छ र शरीरको तापक्रम बढ्न सक्छ । यस्तो बेलामा रक्तचाप उच्च हुन सक्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।