बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लघुकथा - कृषिप्रधान देश

लघुकथा - कृषिप्रधान देश

  • 928
    SHARES

  • लघुकथा - कृषिप्रधान देश

    सुरेशकुमार पाण्डे 

    " हाम्रो देश कृषी प्रधान देश भन्निन्छ अनि खै त देशमा सिंचाईको व्यवस्था पनि  छैन् । जताततै जमिन बाँजो देखिन्छ किनहोला ?"- धेरै वर्ष लाहुरमा बसेर फर्किएका नैन् सिहँले मन्त्री तिर्थ राजसँग बुझ्न खोजे ।

    " सिचाई त छ नी पानी लाग्ने ठाउँमा हजुरको बारीमा नहोला ।
    "- मन्त्री तिर्थराजको सटिक जवाफ आयो ।

    " होइन सर अधिकाँस कृषि क्षेत्रमा सिंचाईको व्यवस्था हुन्थ्यो भने त यसरी कृषियोग्य जमिन बाँजो हुनेथिएन होला ।"-नैनसिँले कयौँ उधारण सहित फेरी प्रश्न राख्यो ।
    " यो व्यक्ति कुनै बिरोधी पार्टीको जस्तो लाग्यो को हो ?"- मन्त्री तिर्थराजले नजिकै बसेको नाराद सँग कानमा सोध्यो।
    " सर लाहुरे हो कुनै पार्टीको होइन"- नारादले मन्त्रीको कानमा सुस्तरी भन्यो ।

    " कृषि प्रधान देश भन्निन्छ । टमाटर,लसुन,प्याज,बेसार चामल समेत विदेशबाट आउँछ ।"- नैन् सिहँले फेरी थप्यो ।

    " हजुर देशमा बस्नुभयोभने थाहा हुन्छ । आफु लाहुरमा बस्ने अनि देशको बारेमा अपुरा कुरा बुझेर प्रश्न राख्ने ।"- मन्त्री तिर्थराज अलि चर्को स्वरमा बोल्यो ।
    " सर ! मैले नबुझेको भएर त सोधेको हजुर जनप्रतिनिधिलाई ।
    आखिर विदेशबाट सामान किन आउँछ ?"-नैनसिँले फेरी प्रश्न तेर्छायो ।
    " हाम्रो देशका किसानहरू अल्छी भए । देशमा उत्पादन हुँन छाड्यो । हामी सरकारमा बसेकाले विदेशबाट समान आयात नगरे देशमा अनिकाल पर्छ ।"- मन्त्री रिसाउँदै भन्यो ।

    " मन्त्रीजीको भनाई गलत छ । सरकारमा बसेकाले विदेशी समान देशमा छिराउँन विदेशीहरूसँग गरेको सम्झौताकै परिणाम हो यो।यिनीहरूले समानमा कमिसन ,श्रमसम्झौता गर्दा पनि कमिसन "- नैन सिहँले त्यहाँ बसेका सबैलाई सरकारका एक दर्जन गलत कृयाकलापका तथ्य पस्किन थाल्यो । किसानहरूले सडकमा टमाटर फालेर रोस प्रदर्शन गरेको केही तस्विर देखाउँदै थियो ।

    मन्त्री भने गाडीमा बसेर हुँइकियो ।

    दाङ घोराही १८

    आइतवार, आषाढ २ २०८१०५:४७:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार