बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आँप खाँदा अनुहारमा बिबिरा आउँछ ? यसरि खानुहोस् !

आँप खाँदा अनुहारमा बिबिरा आउँछ ? यसरि खानुहोस् !

  • 652
    SHARES

  • आँप खाँदा अनुहारमा बिबिरा आउँछ ? यसरि खानुहोस्  !

    गर्मीको मौसममा आँप खानुको मजा नै बेग्लै छ । आँपमा प्राकृतिक मोलेक्यूल (यसलाई प्याथिक एसिड पनि भनिन्छ) उच्च मात्रामा पाइन्छ  । यो तत्त्व बदामलगायत कयौँ ड्राई फ्रुट्समा पाइन्छ । खानु भन्दा १ घण्टा अघि आँपलाई पानीमा डुबाएर राखिदिने हो भने यो एसिडको असर कम हुन्छ अनि डन्डीफोर आउने डर हुन्न । 

    आँप खाने बित्तिकै किन आउँछ डन्डीफोर ?

    – आँपको ग्लाइसेमिक इन्डेक्स निकै धेरै हुन्छ । यसले तीव्र गतिमा ब्लड सुगरलाई बढाउँछ । यसका कारण इन्सुलिन बढेर डन्डीफोरको समस्या देखिन सक्छ ।

    –  बढी गुलियो हुने भएकोले आँपले इन्सुलिनलाई प्रभावित गर्छ र अनुहार फुल्न थाल्छ । यसका कारण पनि डन्डीफोर देखिन सक्छ ।

    – आँप खाँदा सेबासियस गन्थ्रीले अत्यधिक मात्रामा तेल उत्पादन गर्न थाल्छ । जसका कारण रौँका छिद्र बन्द हुन्छन् र अनुहारमा बिबिरा आउँछन् ।

    – आँपले शरीरलाई गर्मी बनाउँछ । यो खाने बित्तिकै शरीरका भित्री अङ्गहरूमा गर्मी हुन थाल्छ । यसका कारण पनि डन्डीफोरको समस्या आउन सक्छ ।

    –  कतिपय मान्छेलाई आँप खाएपछि एलर्जी हुन्छ । अनुहार फुल्छ र डन्डीफोरको समस्या सुरु हुन्छ । 

    यी सबै समस्यालाई आउन नदिन वा कम गर्न आँपको फेदलाई थोरै ताछेर केही समय पानीमा भिजाएर खानु पर्छ । 

    बिहिवार, जेठ ३१ २०८११२:३८:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार