काठमाडौँ, जेठ ३१ गते, कुवेत सहरको दक्षिणी भागमा रहेको मङ्गाफ क्षेत्रमा रहेको एक आवासीय भवनमा बुधवार बिहान भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको गृह मन्त्रालयले जनाएको छ ।
कुवेतका अमिर शेख मिसाल अल–अहमद अल–जाबेर अल–सबाहले आगलागीको कारणको बारेमा तुरुन्त अनुसन्धान गर्न आदेश दिएका र जिम्मेवार व्यक्तिहरूलाई जबाफदेही बनाउने प्रतिबद्धता जनाए । अमिर,युवराज शेख सबाह अल–खालेद अल–सबाह र प्रधानमन्त्री शेख अहमद अल–अब्दुल्लाह अल–सबाहले पीडित परिवारलाई शोक सन्देश पठाएका छन् ।
कुवेतका प्रथम उपप्रधानमन्त्री,रक्षा मन्त्री र आन्तरिक मन्त्री शेख फहाद युसुफ अल–सबाहले फरेन्सिक प्रमाण टोलीले आफ्नो अनुसन्धान पूरा नगरेसम्म भवन मालिकसहित संलग्न व्यक्तिहरूलाई हिरासतमा राख्न आदेश दिएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।