बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लघुकथा: उपाय

लघुकथा: उपाय

  • 886
    SHARES

  • लघुकथा: उपाय

    सुरेशकुमार पाण्डे 

    " ए केटा केहो यो ?" - बाह्र वर्षको केटाले हर्पेमा घ्यु उचालेको देखेर एकजना सैनिक क्याम्पको गेटमा उभिएको फौजीले सोध्यो ।
    " घ्यु हो हजुर" 
    केनाम हो तेरो ?
    " तुलसे ।"- ऊ डराइ डराई भन्छ । " तुलसे अरे ? पुरानाम भन्।"-फौजीले हकार्दै भन्यो ।
    " तुलसे पाण्डे ! " ए । ए पाणे होस्"- फौजीले रोब जमाउँदै भन्यो ।
    "  देखा केको घ्यु हो ? "- फौजीले हात थाप्दै माग्यो ।
    " लिनुस भैंसी र गाइको मिसाएको छ ।"-चम्चा बाट घ्यु हातमा राख्दै भन्यो ।
    " ओहो राम्ररी खराएको रहिनछ ! ए केटा हो घ्यू लिन्छौ? "-फौजीले अरू पनि साथिहरूलाई बोलायो ।
    सबैले एक -एक चम्चा चाख्ने बहानामा  माग्दै जाँदै गर्दा हर्पेको दुई केजी घ्यू एक पाव जती घट्यो ।
    तुलसे बिचरा के गरोस कसैलाई पनि केही भन्न सकिन।घ्यू कसैले पनि किनिनन् । दुई केजी घ्यूमा एक पाव जती सकियो ।
    " अब केगरौँ यो घ्यू घट्यो ।" - उसलै मनैमन सोंचिरहेको थियो ।
    " उताबाट रातो बत्तीवाला गाडि आएको देख्यो र तुलसे जोड-जोडले रूनथाल्यो ।
    गेटमा पुगेपछि गाडी अडियो ।
    त्यो गाडी बाट एकजना फौजी कैप्टन झर्यो । " - बाबु किन रोएको ?" कैप्टन नजिक गयो र सोध्यो । 
    " हेर्नु त सर मेरो अढाई केजी घ्यू फौजीहरूले एक -एक चम्चा चाख्ने भन्दै खाएर सके । अब मलाई मेरो आमाले मार्छिन् ।"-ऊ झन रून थाल्यो । कैप्टन दयालु स्वभावको थियो। बालखको यो अवस्था त्यो पनि आफ्नै कार्यालयमा। कैप्टनले गेटमा सबैलाई बोलायो र अढाई केजीको दाम दिन लगायो ।
    " अब आइन्दा कुनै सिकायत न आवस ।"-सबैलाई चेतवानी दिंदै भन्यो ।
    सबै मिलेर अढाइ किलोको दाम बुझाए ।
    आफ्नो जित भएकोमा तुलसे भने भित्रभित्रै मुस्कुराउँदै थियो ।
    दाङ घोराही १८

    शनिवार, जेठ १२ २०८१०७:००:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार