सुरेशकुमार पाण्डे
" शेषमणि सर ! हजुरको बिरूद्धमा एउटा निविदेन आएको छ । हामिलाई तपाँईबाट यसतो उमिद भने थिएन।"- मानव सेवाका अध्यक्षले शेषमणिलाई राता आँखा देखाए ।
" सर मबाट के गलती भयो त्यस्तो? मत बुझ्नै सकिन !"- शेषमण आश्चार्य प्रकट गर्दै प्रतिप्रश्न राखे ।
"- के ठुलो कुरा भयो र गलती गर्नेहरू सबैले यस्तै भन्छन् ।"-अध्यक्षले व्यङ्ग्या कस्यो ।
" हजुर कार्यलयमा आउँनुहोस् त्यहाँ हजुरमा लागेको आरोपकै बारेमा छलफल राखिएको छ ।"-अध्यक्षले थप सुझाव दिए ।
एकैछिन पछि सबै कार्यलयमा जुटे ।
" त्यो निवेदन पढौं त !"-अध्यक्षले सचिवलाई निर्देश दिए ।
" सम्मानिय अध्यक्ष तथा सबै कार्यकारणी मानव सेवा संगठनका।निवेदन यो छ की शेषमणिले मलाई जातिसुचक गालि गलौच गरेको छ । कृपया उसलाई सक्दो कार्वाही गरियोस ।
निवेदकःझग्गु"
" सर यो आरोप सहि होइन । मैले सधै जातिय विभेदको बिरोध गर्दै आएको छु ।" -शेषमणिले निवेदन सुनेपछि सफाइमा भन्यो ।
" अनि सही केहो त ? त्यो पनि सुनौँ ।"-अध्यक्ष चर्को स्वरमा भन्यो ।
" सहि यो हो ! "- शेषमणिले एउटा पत्र थमायो ।
" यो कुनै जातिय मुद्दा होइन यो भ्रष्ट्राचारको मुद्दा हो । झग्गुले एक जना सोजो नागरिकलाई विदेश पठाउँने भनेर दुईलाख रूपियाँ लिएको र उसले उक्त नागरिकलाई कतै नपठाएको गुनासो आएपछि झग्गुलाई हकारेका हौँ ।
तर पनि अहिले सम्म उक्त रकम फिर्ता दिएको छैन् ।
त्यसैको रिसमा उसले मेरो खिलाफ निवेदन दिएको हुनसक्छ ।
असलमा उसलाई दुखेको घाउ त्यही हो । "-शेषमणिले जानकारी गराए ।
दाङ घोराही १८
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।