बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लघुकथा: नेटवर्किंग

लघुकथा: नेटवर्किंग

मेगा खबर संवाददाता

२७, बैशाख २०८१
  • 1.0K
    SHARES

  • लघुकथा: नेटवर्किंग

    सुरेशकुमार पाण्डे 

    "आज हरिलालको घरपनि लिलाम भयो भन्छन् । आखिर किन यस्तो भयो ? त्यो परिवारलाई ।
    त्यो परिवार त अत्यान्तै सुखि परिवार थियो हरिलालको । गाउँलेहरूले उनैको अनुसरण गर्नेगर्थे । बिस्तारै खेत बिक्यो, बारी पनि बिगत वर्षमा बेचेर सके अहिले फेरी ।।।।"- नन्दलालले  दुःख व्याक्त गर्दागर्दै रोकिए।
    " खै मैले पनि बुझ्नै सकिन । उनि समाजसेवक पनि थिए गाउँभरी उनैको प्रसंसा हुन्थ्यो । यस्तो अचानक म आफै पनि हैरान छु । कतै घरमा कुनै बिमार त छैन ? " जोखराज आफैले पनि अनभिग्य जताउँदै प्रश्न राखे ।
    " बिमार त थिएनन् तर हामिले कुरै बुझ्न सकिएन।बरू एकदिन समय मिलाएर जाउँ न बुझौंला असली कुरा केहो ?"-नन्दलालले प्रस्ताब राखे ।
    " न जुवा खेल्थे, न रक्सि पिउँथे । साँच्चै भन्दा कुनै ऐब नभयका हरिलालको दुरदसा यस्तो होला भन्ने त सपनामा पनि सोंचेका थिएनौँ ।" -जोखराजले भने ।
    " कस्का कुरा गर्नुभयो दाई?"-रिता टुप्लुक्क आइपुगिन् ।
    "हरिलालका कुरा चलेकाछन् ।"- नन्दलालले भने ।
    " मलाई सोध्नु न म भन्छु हरिलालका कुरा !- रिताले उनुमती मागि ।
    " रिता र हरिलालको त घरको आगन जोडिएका छन् । अवश्य केही जानकारी होला रितालाई  भन ।" जोखराज रिता तिर हेर्दै भन्न इसारा गरे ।
    " उनि अरू मानिसका लागि त गतिला हुँन तर फेसबुक सुरू भएपछि उनि ओनलाइन गैम (नेटवर्किंग)का आदी भए।त्यो असलमा जुव़ा नै रहिछ।त्यसैमा उनको श्रीसम्पति स्वाहा भयो ।"-रिताले वास्तविक कुरा बुझाइन् ।

    दाङ घोराही १८

    बिहिवार, बैशाख २७ २०८१११:१३:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार