सुरेशकुमार पाण्डे
गजल
यो सारा दुनिया समेत अदल-बदल हुन्छन्
आमा आफ्नो कर्तव्य मै सधैं अटल हुन्छन्,
थाहा छ यो पुरूष प्रधान समाजमा सदियौँ,
आमाहरू माथि नै पटक-पटक छल हुन्छन् ।
नौँ महिना कोखमा राख्छन् अनि काखमा,
प्राणी रूपि समाजमा आमा अब्बल हुन्छन् ।
आमा त शब्दनै काफीछ बराबरी छैन केही,
हृदयमा मायाँकै खानी अमृतको भल हुन्छन् ।
आफ्नै जीवन दाउँमा लगाएर पाल्छन् बच्चा,
डराउँदैनन् भुइचालो आई उथलपुथल हुन्छन् ।
आमाको महिमा नबुझ्नेहरूले अध्यायन गरौँ,
मानव समाजभित्र त केवल छलफल हुन्छन् ।
दाङ घोराही १८
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।