काठमाडौँ, वैशाख २३ गते, बागमती प्रदेशमा पछिल्लो समय डेंगु सङ्क्रमितको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेंगु सङ्क्रमित फेला परेका छन् ।
चालु आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि हालसम्म बागमती प्रदेशमा ११ हजार चार सय नौ जना नयाँ डेंगु सङ्क्रमित फेला परेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यसमध्ये सबैभन्दा बढी धादिङमा तीन हजार पाँच सय एक र सबैभन्दा कम रसुवामा दुई जना नयाँ डेंगु सङ्क्रमित भएको स्वास्थ्य निर्देशानलयका स्रोत व्यक्ति उत्तमप्रसाद प्याकुरेलले जानकारी दिए ।
उनका अनुसार यस अवधिमा काठमाडौंमा तीन हजार,चितवनमा एक हजार सात सय आठ,मकवानपुरमा आठ सय ५७,भक्तपुरमा चार सय ९४,काभ्रेपलाञ्चोकमा एक सय ६७,नुवाकोटमा ८१,दोलखामा ७९,रामेछापमा २७, सिन्धुपालञ्चोकमा ३२ र सिन्धुलीमा २३ जना नयाँ डेंगु संक्रमित फेला परेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।