बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

ग्यास्ट्रिक निको पार्ने यस्ता छन् घरेलु उपाय

ग्यास्ट्रिक निको पार्ने यस्ता छन् घरेलु उपाय

मेगा खबर संवाददाता

१८, बैशाख २०८१
  • 742
    SHARES

  • ग्यास्ट्रिक निको पार्ने यस्ता छन् घरेलु उपाय

    काठमाडौँ,वैशाख १८ गते, आमाशयको भित्रको भागमा सङ्क्रमण देखिएर छाला सुन्निने रोग नै ग्यास्ट्राइटिस हो । ग्यास्ट्रिक बढ्दै गएर घाउमा परिणत भएको अवस्था अल्सर हो । ग्यास्ट्रिकलाई मेडिकल भाषामा ‘ग्यास्ट्राइटिस’ भनिन्छ । यसले क्यान्सरसम्मको समस्या निम्त्याउन सक्छ । यसको मुख्य कारण एच पाइलोरी कीटाणुको संक्रमण हो । 

    ग्यास्ट्रिकका लक्षण

    - वाकवाकी लाग्नु ।                  
    - बान्ता हुनु । 
    - बान्तामा रगत देखिनु ।
    - ढ्याउ आउनु ।
    -छाती र पेटको बिचको खाल्टो वरिपरि दुख्नु ।
    - पेट फुल्नु ।
    - पेट कराउनु ।
    - कोखा दुख्नु । 
    - मुटु दुख्नु ।
    - घाँटी पोल्नु ।
    - छाती पोल्ने समस्या हुनु ।
    - पेट पोल्ने समस्या आउनु ।
    - अमिलो डकार आउनु ।
    - गन्हाउने डकार आउनु ।
    - मुखमा अमिलो पानी आउनु ।
    - खाना खान मन नलाग्नु ।
    -कालो दिशा आउनु ।
    - भोक हराउनु ।
    - कब्जियत हुनु ।
    घरेलु उपाय विशेषतः खानपानमा ध्यान दिनुस्

    खराब वा असन्तुलित खानपान नै ग्यास्ट्रिकको मूल कारण हो । समयमै खाना नखानुस लामो समयसम्म भोको पेट बस्नुस तनावयुक्त दिनचर्यास चिल्लो–पिरोस भुटेको र तारेको खाना अत्यधिक खानुस शरीरले पचाउनै नसक्ने गरी खानु तर व्यायाम नगर्नुजस्ता कारणले यो समस्या हुने गर्छ । दैनिक व्यायाम गर्ने र पर्याप्त सुत्ने हो भने ग्यास्ट्रिक कम गर्न सकिन्छ । 

    ग्यास्ट्रिकबाट बच्न खानपानमा ध्यान दिनुस् ।

    पुदिना : पुदिनायुक्त हर्बल चिया पिउँदा यसले ग्यास्ट्रिक कम गर्दै लैजान्छ । यसले पाचनशक्ति बढाउने काम गर्छ । बिहान बेलुका पुदिनाको जुस वा अचार बनाएर खाँदा ग्यास्ट्रिकको समस्या कम हुन्छ ।

    कागती : तातो पानी वा चिसो पानीमा बिहान बेलुका कागती राखेर पिउँदा ग्यास्ट्रिकको समस्या समाधानमा फाइदा पुग्छ ।

    पुदिना : पुदिनाको पात सफा पानी वा तातोपानीमा धोएर मुखमा चपाएर राख्न सकिन्छ । त्यस्तै यसलाई बिहान बेलुका जुस बनाएर पनि पिउन सकिन्छ । यसले पाचनप्रक्रिया बलियो बनाउन मद्दत गर्छ ।

    अमला पाउडर : दैनिक अमला पाउडर तातो वा चिसो पानीमा मिसाएर दिनको दुई पटक सेवन गर्न सकिन्छ । यसलाई बिहान खाली पेटमा सेवन गर्न सके अझ ग्यास्ट्रिकको समस्याबाट मुक्त गर्न मद्दत गर्छ ।

    दालचिनी : मसलाको रुपमा घरमा प्रयोग गर्ने दालचिनी खानेकुरा मिसाएर वा चिसो वा तातो पानीमा उमालेर सेवन गर्दा पनि पेटलाई हल्का गराउन मद्दत गर्छ ।

    दही र मोही : दही फ्रेस भएको खण्डमा खान सकिन्छ । अमिलो दही खान मिल्दैन । मोही बिहान र बेलुका खान सकिन्छ ।

    त्रिफला : त्रिफलाले पाचन शक्ति बढाउन, कब्जियत हटाउन मद्दत गर्छ । जसले ग्यास्ट्रिक कम हुन्छ । यसलाई ताजा पानीमा बिहान शौच गरेपछि खाली पेटमा दैनिक एकपटक लिनु उपयुक्त हुन्छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्‍याउँछ । यो गर्भवती अवस्थामा सेवन गर्नु हुँदैन ।

    जेठी मधु : तातोपानीमा जेठी मधु घोलेर बिहान बेलुका सेवन गर्ने, खाना खाने समयलाई निर्धारण गरी दैनिक एकै समय खाना खाने बानी गर्नुपर्छ ।

     

    मंगलवार, बैशाख १८ २०८१०१:२०:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार