बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

दूध फाट्न नदिन अपनाउनुस् यी उपाय

दूध फाट्न नदिन अपनाउनुस् यी उपाय

मेगा खबर संवाददाता

१०, बैशाख २०८१
  • 1.2K
    SHARES

  • दूध फाट्न नदिन अपनाउनुस् यी उपाय

    काठमाडाै,वैशाख १० गते, देशभर गर्मी सुरु भइसकेको छ । यसको प्रभाव पनि देखिन थालेको छ । अचानक बढेको तापक्रमले धेरै समस्या निम्त्याइरहेको छ । गर्मी सुरु भएसँगै खानेकुरा छिटो छिटो बिग्रन थाल्छन् । खासगरी पकाएको खानेकुरा छिटै बिग्रन्छ । 

    गर्मीको एउटा मुख्य समस्या भनेको दूध फाट्नु पनि हो । गर्मीका दिनमा दिनहुँ जसो दूध फाटेर हैरान बनाउँछ । बिग्रन नदिन दूधलाई राम्ररी उमालेर फ्रिजमा राख्नु वेश हुन्छ । तर फ्रिज नभएको ठाउँमा वा दिनभरि बिजुली काटिएको बेलामा के गर्ने ? यस्तो अवस्थामा त दूध जोगाउन निकै गाह्रो हुन्छ । 

    १, बेकिंग सोडाको प्रयोग

    - कहिलेकाहीं हामी दूध उमाल्न बिर्सन्छौँ ।

    - यस्तो भएको बेलामा दूधमा थोरै बेकिंग सोडा हाल्नुस् ।

    - यसले दूधलाई फाट्नबाट बचाउँछ ।

    -ग्यासमा दूध उमाल्न राख्दा त्यसमा एक चिम्टी बेकिङ सोडा मिसाएर चम्चाले विस्तारै चलाउनुस् ।

    -यसो गर्नु भयो भने दूध फाट्दैन ।

    -बेकिङ सोडा हाल्दा ध्यान दिनु पर्ने कुरा चाँहि के हो भने बेकिंग सोडा धेरै हाल्दा दूधको स्वाद बिग्रिन सक्छ । -त्यसैले थोरै मात्र हाल्नु पर्छ ।

    २,दूधको भाँडोलाई सफा राख्ने

    - दूध फाट्नुको एउटा कारण भदालो फोहोर हुनु पनि हो ।

    -हरेक पटक दूध उमाल्दा भाँडो सफा छ कि छैन भनेर राम्ररी जाँच्नुस् ।

    -भाडा सफा गरेर मात्रै दूध उमाल्न हाल्नुस् ।

    -भाँडामा दूध हाल्नुअघि एक वा दुई चम्चा पानी हाल्नु ।

    -यसले दूधलाई भाँडोको पिँधमा टाँसिन दिँदैन ।

    ३, दिनमा ३–४ पटक उमालेर राख्ने

    -दूध नफाटोस् भन्ने चाहनु हुन्छ भने २४ घण्टामा ३  देखि ४ पटकसम्म दूध उमालेर राख्नुस् ।

    - दूध उमाल्दाखेरि ग्यासको ठुलो आँच बनाउनु हुँदैन ।

    - सानो आँचमा राम्ररी तताउनुस् ।

    - हरेक पटक दूध उमाल्न हाल्दा २–३ पटक उमालेपछि मात्रै ग्यास बन्द गर्नु पर्छ ।

    - दूध सेलाएर मनतातो भए पनि यसलाई प्लेट वा जालीले हल्का ढाक्नुस् ।

    - कहिलेकाहीँ कुँडे पूरै ढाकेर राख्दा पनि दूध फाट्छ ।

    ४,प्याकेटको दूधलाई यसरी राख्नुस्

    - शहरमा अधिकांशले प्याकेट दूधको प्रयोग गर्छन् ।

    - विज्ञहरूका अनुसार प्याकेट दूधलाई धेरै बेरसम्म उमाल्नु हुँदैन ।

    - दूधलाई कीटाणुमुक्त र संरक्षित राख्न कम्पनीले प्याकिङ गर्नुअघि दूधलाई राम्ररी तताइसकेको हुन्छ ।

    - यस्तो दूध धेरै बेर तताउँदा पोषक तत्त्व कम हुन्छ ।

    - प्याकेटको दूध ल्याउने बित्तिकै केहि घण्टा भित्र सक्काउने प्रयास गर्नुस् ।

    - यसलाई अलि बेर राख्न चाहनु हुन्छ भने जूटको बोरालाई चिसो पानीले भिजाउनुस् अनि दूधको प्याकेटलाई त्यो चिसो बोरामा बेरेर राख्नुस् । 

    सोमवार, बैशाख १० २०८१०४:३१:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार