बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

अष्ट्रेलियाले न्युजिल्याण्डसँगको सीमा खुला गर्ने

अष्ट्रेलियाले न्युजिल्याण्डसँगको सीमा खुला गर्ने

मेगा खबर संवाददाता

१६, आश्विन २०७७
  • 3.5K
    SHARES

  • अष्ट्रेलियाले न्युजिल्याण्डसँगको सीमा खुला गर्ने

    फाईल तस्बिर

    सिन्ह्वा । अष्ट्रेलियाले न्युजिल्याण्डतर्फको सीमा खुला गर्ने भएको छ । कोभिड १९ का कारणले निकै लामो समयदेखि बन्द रहेको सो सीमा खुला गर्ने शुक्रबार जानकारी दिएको हो ।

    अष्ट्रेलिया सरकारले उक्त सीमा क्षेत्र केही हप्ताभित्रै खुला गर्ने जानकारी दिएको समाचारमा जनाइएको छ । अष्ट्रेलियाका उपप्रधानमन्त्री म्याक कोरम्याकले शुक्रबार सो कुराको घोषणा गरेका हुन् । अष्ट्रेलियाले न्युजिल्याण्डतर्फको सीमा खुला गर्ने जानकारी गराएसँगै अष्ट्रेलियाका पनि न्यु साउथ वेल्स र उत्तरी क्षेत्रको पर्यटकीय क्रियाकलापमा बृद्धि हुने जनाइएको छ । 

    न्युजिल्याण्डका नागरिक तथा त्यहाँ रहेका अरु पनि देशका नागरिकले अष्ट्रेलिया प्रवेश पाउन सक्नेछन् । यसका साथै उनीहरुले अष्ट्रेलिया प्रवेश गरेपछि क्वारेन्टिनमा पनि बस्नु नपर्ने भएको छ । उनीहरुले कोभिड १९को संक्रमण नभएको चिकित्सक प्रमाणपत्र देखाएपछि अष्ट्रेलिया प्रवेश पाउने र उनीहरुले यहाँ आएपछि पनि क्वारेन्टिनमा बस्न नपर्ने सरकारले जनाएको छ । 

    न्युजिल्याण्डका नागरिक पर्यटकका रुपमा तथा अन्य विविध कामका लागि छिमेकी अष्ट्रेलिया आउने गर्दछन् । त्यसैले पनि अष्ट्रेलियाली नागरिकले सो सीमा क्षेत्र खुला गर्नुपर्ने आवाज पहिले देखि नै उठाउँदै आएका थिए । एजेन्सी

    शुक्रवार, आश्विन १६ २०७७०५:२९:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार