बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुई हालेको खरबुजा कसरी चिन्ने ?

सुई हालेको खरबुजा कसरी चिन्ने ?

मेगा खबर संवाददाता

३, बैशाख २०८१
  • 1.4K
    SHARES

  • सुई हालेको खरबुजा कसरी चिन्ने ?

    काठमाडौँ, हरेक पटक खरबुजा किन्दा हामी पसलेलाई खरबुजा रातो त छ नि ? खल्लो पो छ कि भनेर सोध्छौँ ? तर खरबुजा रातो हुँदैमा यो प्राकृतिक रूपमा पकाइएको वा शरीरको लागि स्वस्थ छ भनेर चाँहि सोच्नु हुन्न । 

    गर्मीको मौसम सुरु भयो । यतिबेला बजारमा छ्याप छ्याप्ती खरबुजा आउन थालेका छन् । रातो खरबुजाको ठाउँमा हामीले विष खाइरहेको पनि हुनसक्छ । बजारमा सुई हालेर रातो पारिएको खरबुजा बिक्री भइरहेको हुनसक्छ । रातो बनाउनका लागि सुई हालिएको खरबुजाले उल्टै क्यान्सर जस्ता रोग निम्त्याउन सक्छन् ।

    खरबुजा रातो हुनु भनेको यो राम्ररी पाकेको सङ्केत हो । तर कलिलैमा टिपिएको खरबुजालाई पाकेको देखाउन वा मिठो छ भन्ने पार्न खरबुजामा सुई हाल्ने गरिएको छ भनेर हामीले बेला बेलामा सुन्दै आएका छौँ । खरबुजालाई रातो बनाउन सुईको सहायताले एरिथ्रोसिन केमिकल हालिन्छ । 

    योभ नेको डाई जस्तै खालको रातो रंग हो । यो खान नहुने पदार्थ हो । तर यसलाई मिडाई, क्यान्डी र पेयमा समेत हाल्ने  गरेको पाइन्छ । यो केमिकल फलमा प्रयोग गर्नु हुन्न । यस्तो खालको रंग हालिएको खरबुजाको सेवनले क्यान्सर जस्ता घातक रोग लाग्न सक्छ । 

    १, घरमा खरबुजा ल्याएपछि काटेर हेर्नुस् । यदि खरबुजाभित्र ठुलो दरार देखिएको छ भने बुझ्नुस् यो खान लायक छैन । खरबुजामा सुई हाल्दा यस्तो दरार देखिन्छ ।

    २, खरबुजालाई काटेर एउटा सानो टुक्रालाई पानीमा हालेर परीक्षण गर्नुस् । पानी तुरुन्तै रातो भयो भने बुझ्नुस् खरबुजामा इन्जेक्सन हालेर रातो पारिएको हो ।

    ३, खरबुजा काटेर कपासको सानो टुक्रालाई त्यसमाथि राखिदिनुस् । कपासमा रातो रंग सर्‍यो भने पनि बुझ्नुस् यो खरबुजा केमिकल हालेर पकाइएको हो ।

    ४,पहेँलो दाग भएको खरबुजा छान्नुस् । हामी प्रायः चम्किलो वा पूरै हरियो भएको खरबुजा किन्छौँ । तर खरबुजा छान्दा पहेँलो दाग भएको छान्नु पर्छ । खरबुजा प्रायः माटोमाथि टुसुक्क बसेका हुन्छन् । यो हिस्सामा पहेँलो दाग बस्छ ।

    के हुन्छ एरिथ्रोसिन रसायन भएको खरबुजा खाँदा?

    एरिथ्रोसिन रसायन हालिएको खरबुजा खाँदा वाकवाकी लाग्ने,बान्ता हुने,भोक नलाग्ने जस्ता समस्या हुन सक्छन् । लामो समयसम्म एरिथ्रोसिन सेवन गरिरहँदा थाइराइड, क्यान्सर जस्ता रोग निम्तिन सक्छ ।

    सोमवार, बैशाख ३ २०८१०७:२६:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार