सुरेशकुमार पाण्डे
गजल
सबैलाई काम नगर्ने तर नेता बन्ने रहर हुन्छ,
बर्गिय गफ लगाउँछौँ प्यारो आफ्नै घर हुन्छ ।
धेरैले थुकेका हुन्छन् आकास तिर सधैभरी,
थुक आफ्नै मुखमा परेपनि ऊ बेखवर हुन्छ ।
अब गरिब किसान जुर्मुराउँनुपर्छ देशभित्रका,
जनता एकजुट भएपछि नेतालाई डर हुन्छ ।
विदेशी हुलेर भन्छौ देशलाई धेरै खतरा भयो,
त्यो देश बन्दैन जहाँ देशभक्त नै वेकदर हुन्छ ।
सियो देखी लुगा सम्म विदेशीको भरमा सधै,
कागज समेत किन्नुपर्छ जुनदेशमा खर हुन्छ ।
दुश्मनको नजर लग्यो देशमा दलाल उनैका,
व्यवहारले शुरक्षित खोला हुन्छ नबगर हुन्छ ।
दाङ घोराही १८
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।