बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आन्दोलनरत विद्यार्थीहरूसगँ ६ बुँदे सहमति

आन्दोलनरत विद्यार्थीहरूसगँ ६ बुँदे सहमति

मेगा खबर संवाददाता

१५, चैत्र २०८०
  • 736
    SHARES

  • आन्दोलनरत विद्यार्थीहरूसगँ ६ बुँदे सहमति

    काठमाडौँ,चैत १५ गते, महाराजगन्ज नर्सिङ क्याम्पसका विद्यार्थीसँग ६ बुँदे सहमति भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान डीन कार्यालय र आन्दोलनरत विद्यार्थीहरूबिच ६ बुँदे सहमति भएको हो ।

    सहमतिसँगै विद्यार्थीहरूले डीन कार्यालयमा लगाएको ताला खुलेको छ । डीन प्राडा दिव्या सिंह शाह तथा महाराजगन्ज नर्सिङ क्याम्पसका स्ववियु सभापति नोबिना बस्नेतसहितको प्रतिनिधिहरूबिच उक्त सहमति भएको हो । सहमतिमा विद्यार्थीहरूले उठान गरेका मागहरू सम्बोधन गरिने भएको छ । त्रिवि प्राज्ञिक परिषद्बाट स्वीकृत बेचुलर इन मिडवाईफ्री साइन्स (बीएमएस) को पाठ्य संरचनासहितको पाठ्यक्रम प्रक्रियागत रूपमा क्याम्पस एवं विद्यार्थीहरूलाई उपलब्ध गराउने सहमति भएको छ ।

    गत मङ्सिरमा सञ्चालित प्रथम सेमेस्टरको परीक्षा तालिकामा बीएमएस कार्यक्रम हुनुपर्नेमा अन्यथा भएकाले बीएमएस नै बनाउन महाराजगन्ज नर्सिङ क्याम्पसलाई डीन कार्यालयले निर्देशन दिने सहमति भएको छ ।

    419044634_337597415961060_1569088282267875675_n

     

     

    बिहिवार, चैत्र १५ २०८००१:०५:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार