बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

के तपाई रातभरि हेडफोनमा गीत लगाएर सुत्नु हुन्छ ? सावधान !

के तपाई रातभरि हेडफोनमा गीत लगाएर सुत्नु हुन्छ ? सावधान !

मेगा खबर संवाददाता

३०, फाल्गुण २०८०
  • 1.0K
    SHARES

  • के तपाई रातभरि हेडफोनमा गीत लगाएर सुत्नु हुन्छ ? सावधान !

    काठमाडौं, फागुन ३० गते, टाढाको यात्रा होस् वा कार्यालयसम्म जानु पर्ने होस् कानमा केही न केही सुनिरहेका हुन्छन् । तर यो बानी हानिकारक पनि हुन सक्छ । चीनमा एकजना महिलासँग यस्तै भएको छ । आजभोलि हेडफोन लगाएर गीत नसुन्ने त को नै होला र ? केही मान्छेमा त यसको लत यति धेरै छ कि बिना हेडफोन वा इयरफोन घरबाटै निस्किदैनन् । 

    हेडफोन लगाउने बानीका कारण वाङ नाम गरेकी युवतिको श्रवण क्षमता क्षति पुगेको छ । रमिला रावलमा कम्पनीमा वाङ सेक्रेटरीको रूपमा काम गर्थिन् । श्रवणमा समस्या देखिएपछि उनी कान जँचाउन अस्पताल गइन् । सुपरभाइजरले मिटिङमा हरेक पटक साउतीमा उनीसँग बोल्दा उनले सुन्दै सुन्दिन थिइन् । यसका कारण कार्यालयमै समस्या हुने हो कि भन्ने चिन्ता उनमा बढ्यो । जाँचको क्रममा देब्रे कानमा स्थायी रूपमा न्यूरोलोजिकल क्षति भएको पाइयो । यसकै कारण उनले सुपरभाइजरले बोलेको बुझ्दिन थिइन् ।

    लामो समयसम्ममा ठुलो आवाज सुनेको थियो कि भनेर सोध्दा वाङले २ वर्षदेखि हरेक रात कानमा हेडफोन लगाएर गीत सुनेर आफू सुत्ने गरेको बताइन् । कलेज हुँदादेखि नै वाङमा गीत सुन्दै सुत्ने बानी थियो । उनी रातभरि हेडफोन लगाएर सुत्थिन् । यसो गर्नु उनको बानी नै भएको थियो । हरेक रात हेडफोनमा गीत सुन्ने बानीका कारण उनको देब्रे कानको श्रवण क्षमता गुम्यो । राम्रो कुरा चाहिँ के थियो भने दाहिने कानमा ठुलो समस्या भएन । 

    ताइवानमा सन् २०१९ मा यस्तै घटना भएको थियो । एयरपडबाट गीत सुनेर सुत्दा बिहान बिउँझिँदा एउटा कानले सुन्नै छाड्यो । यति बेला वाङको कथा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । डाक्टरहरूले थ्री ६० को सिद्धान्त अपनाउन सुझाव दिइरहेका छन् । लामो समयसम्म ६० डेसिबलभन्दा बढी आवाज भएको ठाउँमा नबस्न, ६० मिनेट भन्दा बढी समय ठुलो स्वरमा गीत नसुन्न र आवाज आउने विद्युतीय उपकरणहरू चलाउँदा आवाजलाई ६० प्रतिशत भन्दा कममा राख्न उनीहरूको सुझाव छ ।

    बुधवार, फाल्गुण ३० २०८००२:४३:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार