काठमाडौँ, काठमाडौँ अन्तर्गत पर्ने स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल,महाराजगन्जस्थित कान्ति बाल अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल,सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज,महाराजगन्जस्थित त्रि. वि.शिक्षण अस्पताल र चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरबाट दादुरा–रूबेला रोग विरुद्धको खोप लगाउन सकिन्छ ।
ललितपुर जिल्ला अन्तर्गत पर्ने गोदावरीस्थित बाडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्र र ठेचो स्वास्थ्य चौकीबाट सो खोप लगाउन सकिन्छ । इमाडोलस्थित किष्ट मेडिकल कलेज र ईमाडोल स्वास्थ्य चौकीबाट दादुरा–रूबेला रोग विरुद्धको खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।
नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल,लगनखेलस्थित पाटन अस्पताल,चापागाउँको गोदावरीस्थित वज्रवाराही अस्पताल,लुभस्थित लुभु प्राथमिक स्वास्थ्य केन्द्र जावलाखेलस्थित अल्का अस्पताल,ग्वार्कोस्थित बी एण्ड बी अस्पताल र पुल्चोकस्थित सुमेरू सिटी अस्पतालबाट सो खोप लगाउन सकिन्छ ।
भक्तपुर जिल्ला अन्तर्गत दुधपाटीस्थित पर्ने भक्तपुर अस्पताल,च्यामासिंहस्थित ख्वप अस्पताल,भिमसेनस्थान ७ स्थित सिद्धि मेमोरियल अस्पताल,जगातीस्थित सुर्यविनायक जगाती अस्पताल र व्यासीस्थित शहरी स्वास्थ्य क्लिनिकबाट खोप लगाउन सकिने मन्त्रालयले उल्लेख छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।